Site icon Our Belaka

अखिल क्रान्तिकारीको तर्फबाट त्रीजब स्ववियु सभापतिमा कार्कि ?

उदयपुर : चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावले क्याम्पसको माहोल तातेको थियो । माहोलले उदयपुर जिल्लाकै सबभन्दा ठुलो त्रीयुगा जनता बहुमुखी क्याम्पस पनि चुनावमय भएको हो। चुनावमा विभिन्न राजनीतिक पार्टीका विद्यार्थी संगठनहरु प्रतिस्पर्धा उत्रिएका थिए ।

त्यस्तै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले क्षमता र दक्षताकै आधारमा क्याम्पस सभापतिको उम्मेदवार सर्वसम्मत बनाएको बताय अखिल (क्रान्तिकारी)का जिल्ला कमिटी अध्यक्ष सिताराम राउतले बताए ।

अखिल (क्रान्तिकारी) बाट सरोज कार्की नेतृत्वको टिम चुनावी प्रतिस्पर्धामा सहभागी भएको हो। २०५८ सालमा जन्मिएका सरोज कार्की उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाका ५ जाँतेका बासिन्दा हुन् । बुबा दान बहादुर कार्की र आमा नरमाया खड्काको जेठा छाेरा हुन् सरोज ।

एउटा सामान्य किसान परिवारमा जन्मिएका कार्कि सानैदेखि अन्याय र अत्याचारविरुद्ध बोल्न नडराउने भएकाले बाल्यकालबाटनै राजनीतिलाई नजिकबाट नियाल्ने गर्थे । विद्यालयदेखिनै सामान्य राजनीतिमा रूचि राख्ने गर्थे,।
उदयपुरको लिम्चुङबुङबाट आफ्नाे भाग्य र भविष्य खाेज्न २०७६ सालमा जिल्ला सदरमुकाम गाइघाट प्रवेश गरेका सरोज यतिखेर त्रीजब क्याम्पसमा स्नातकोत्तर तेश्रो बर्षमा अध्ययन छन् ।

स्नातकोत्तर तेश्रो बर्षमा अध्ययनरत कार्की विद्यार्थीका हकहितका निम्ति अहोरात्र खटिएका कारण विद्यार्थी माझ लोकप्रिय छन्। विद्यार्थीको हकहितका आवाज उठाउने, विद्यार्थीका समस्याहरूलाई सहजरूपमा समाधान गर्ने भएका कारण पनि उनलाई अन्य विपक्षी संगठनका विद्यार्थीहरुले समेत उत्तिकै रुचाउछन्।

विभिन्न परिवर्तनका आन्दोलनमा समेत सहभागी भएका कार्की यतिबेला त्रीजब क्यामम्पसबाट स्ववियु अध्यक्ष भयर निर्वाचित भएको छ्न ।

क्याम्पसमा भएका विकृती बिसङगती हटाइ विद्यार्थीकाे राेजाई त्रीजब क्याम्पस बनाउने गुरूयाेजना कार्कीसँग छ । उनले आफ्नो क्याम्पसलाई शान्त, सुव्यवस्थित वातावरण बनाउन आफुले भूमिका खेल्ने बताए ।

त्रीजब क्याम्पसलाई कोशी प्रदेशकै उत्कृष्ट क्याम्पसका रुपमा स्थापित गर्न विद्यार्थी प्रतिनिधिका तर्फबाट गर्नुपर्ने जिम्मेवारीबाट पछि नहट्ने उनको उद्घोष छ । क्याम्पस अपांग तथा महिलामैत्री, प्रशासनिकमा सुधार हुन पर्नेमा उनकाे जाेड छ । समाजमा रहेको जातीय छुवाछूत तथा भेदभावलाई पूर्णरूपमा अन्त्य गर्न परिवर्तनका पक्षधरहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्ने उनको अठोट छ ।

चुनाव जितेपछि विद्यार्थी र क्याम्पसकाे हकहितमा काम गर्ने : कार्कीले बताय।

`मैले निर्वाचन जितेपछि आफ्नो लागि नभएर समग्र विद्यार्थी र क्याम्पसकै हकहितका निम्ति काम गर्नेछु, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि क्याम्पससँग सहकार्य गर्नेछु´ उनले भन्ने।

विद्यार्थी आन्दोलनमा सक्रिय भएकाले र आम विद्यार्थीमा आएको परिवर्तन, वर्गीय, समुदाय सबै प्रती सम्मानका हिसाबले अगाडि बढ्ने बताय।

शिक्षामा समानता, स्वतन्त्रता,आधुनिकता तथा व्यवहारीक जस्ता कुरा केवल कागजमा मात्र सिमित भए, आफुले स्ववियु सभापति जितेपछी कागजमा मात्रै सितित नबनाउने उनकाे प्रतिबद्धता छ ।

कार्किको बेथिती हटाउने सपना:

त्रीयुगा जनता क्याम्पस आफैमा एउटा इतिहास बोकेको शिक्षालय हो । जिल्लाका चर्चित नेताहरु जन्माएको यो क्याम्पस भित्रको अवस्था भने थलिएको छ । क्याम्पसमा हुने विकृति विसंगतीको अन्त्य गर्ने सपना बोकेर राजनीतिक धार समाएको बताउने उनी स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भएपछी आफूले देखेको सपना पुरा गर्न सकिने दाबी गर्छन् ।

`विसंगतीको चाङको अन्त्य गर्नु स्ववियु निर्वाचन हुनु आवश्यकता छ, र विकृति हटाउने मेरो सपना बोकेर म त्रीजब क्याम्पसको सभापति भय अब मेरोकाम सबैलाई मिलाएर अगाडि बढदै राम्रो काम गर्नु हो।

विद्यार्थी माझ लोकप्रिय

कार्की त्रीजब क्याम्पसका हरेक विद्यार्थी समस्याको समाधान गर्नका लागि नेतृत्वदायी भुमिका रहेर काम गरिरहेका उनकै सहयात्रीहरु बताउछन। उनी अरु संगठनको नेता जस्तो चुनाव केन्द्रित भएर मात्र क्याम्पस आउदैनन थिए रेगुलर क्याम्पस आउने विद्यार्थी हुन कार्की । कार्की बिद्यार्थी माझ सहयोगी, मिननसार को रुपमा समेत परिचित छन्। फरक संगठन सँग पनि सदभावपुर्ण व्यवहार गर्ने कारण उनलाई क्याम्पसमा सबैले मनपराउने हुँदा उनलाइ चुनाव जित्न थप सहज भएको उनका साथी हरु बताउछ्न। कार्की सङै क्रान्तिकारीबाट स्ववियु कोषाध्यक्षमा डोमा राई र सदस्यमा नवराज बुढाथोकी,ले जितेको हुन।

Exit mobile version