महुली लघुवित्त द्वारा वितिय साक्षरता कार्यक्रमलाई तिब्रता
पछिल्लो समय बैक तथा वितिय संस्थामा देखा परेका जटिल समस्या तथा कपो कल्पित भ्रममा परी ऋण तिर्न नदिने समूह हाबि हुँदै गएको र यश विषम परिस्थितिमा नेपाल सरकार समेत मौन भैई अराजक समूह हरुको बिरुद्धमा कुनै प्रतिकृया नजनाई रहेको अवस्थामा महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय टाडिले आफ्ने सदस्य हरुलाई वितिय साक्षरता कार्यक्रम संपन्न गरेको छ ।
बुधबार संपन्न उक्त वितीय साक्षरता कार्यक्रममा स्थानिय होटल व्यवसायि, संस्थाका सदस्य, विभिन्न संघसंस्थामा आवद्द व्यक्ति हरुको उपस्थितिमा संपन्न कार्यक्रममा लघुवित्त भनेको केहो ?
यश लघुवित्तले हाल संचालनमा रहेका बचत तथा तिनिहरुको उपयोगिताका साथै ऋण संबन्धि जानकारी गराउदै ऋण नतिर्दा पछि देखा पर्ने असरका बारेमा टाडि शाखाका शाखा प्रमुख बलराम बस्नेतले जानकारी गराएका थिए ।
सोही क्रममा हालै लघुवित्त बिरुद्धको कपोकल्पित संघर्ष समितिको विषयमा समेत छलफल रहेकोमा उपस्थित व्यक्तिहरुले संघर्ष समितिका नाममा हाम्रै पैसा हिनामिना गरि राज्यलाई थप आर्थिक भारमा पर्ने योजना लि रहेको र यश विरुद्धमा सदस्य तथा संपूर्ण लघुवित्तकर्मि एक हुनु पर्ने धारणा राखेका थिए पछिल्लो समय यश संस्थाले सामाजिक क्षेत्रमा गरेका कामको समेत प्रशंसा गर्दै सामाजिक क्षेत्रमा अझ बडि काम काम गर्न र सदस्यको हितमा सदैव रहिरहन उपस्थित व्यक्तिहरुले सल्लाह दिएका थिए । कार्यक्रम चितवन जिल्ला स्थित रत्ननगर नगरपालिका वडा नम्बर ७ सौराहामा संपन्न भएको थियो ।