NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

उदयपुरको बेलका रामपुरमा महुली लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

1 Mins read

उदयपुरको रामपुरमा महुली लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम
हाल लघुवित्तबारे फैलिएका विभिन्न भ्रम चिर्ने उद्देश्यले महुली लघुवित्तको रामपुर शाखाले मिति २०७९ चैत्र ८,९ र १२ गते उदयपुर जिल्लाको बेलका न.पा. १ बलही, बेलका ४ लालबजार र श्रीलंकाटोल गरी विभिन्न तिन स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बेलका न १,३,४,८ बेल्हा बल्ही रातापानी,लालबजार , सेतिखोला र
मिति ५,६,७,८,१२, चौदन्डिगढी ४ श्रीलंकाटोलमा
उक्त कार्यक्रममा संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघ/संस्थाका प्रतिनिधिमाझ भएकाे कार्यक्रममा लघुवित्तकाे महत्त्व र कर्जा बारे जानकारी गराइएकाे थियाे ।

बेलका नगरपालिका- स्थित महुली लघुवित्तकाे रामपुर शाखाका प्रमुख दुर्गा सिग्देलले लघुवित्तको कर्जा सदुपयोग गरी उद्यमी बनेकाहरूको चर्चा गर्नुका साथै ऋण नतिर्दा पर्नसक्ने असरबारे बताएका थिए । उनले भने, ‘लघुवित्तहरूले देशकाे गरिबी घटाउन याेगदान गरेका छन् । पछिल्लाे समय लघुवित्तलाई बदनाम गराउने गरी भ्रम फैलाइएको छ । यसको पछि लाग्न हुँदैन । लघुवित्त त विपन्न र मध्यम आए भएका नागरिककाे प्रगतिका सारथी हुन् ।’

लघुवित्त संस्था विरुद्ध संघर्ष समितिमा आबद्धहरूले कर्जा नतिरेर संस्थासँगै राज्यलाई नै आर्थिक भार बोकाउन लागेको भन्दै यस्ता गतिविधिविरुद्ध सम्पूर्ण लघुवित्तकर्मी एक हुनुपर्ने धारणा संस्थाका सदस्यहरूले राखेका थिए । सरकारले पनि बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधिमाथि कडाइ गर्नुपर्ने स्थानीयको माग थियो ।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *