सहकारी दिवसको अवसरमा सहयोगी साकोसले रक्तदान कार्यक्रम गर्ने
६६ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सहयोगि बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सन्चालन गर्ने भएको छ।
चैत २० गते राष्ट्रिय सहकारी दिवसको अबसरमा रामपुर बजारमा बिहान ८ बजे देखि ११ बजे सम्म रक्तदान कार्यक्रम सन्चालन गर्ने सहयोगि बचत तथा ऋण सहकारी संस्थाका सचिब दमन कट्वालले बताए।
मंगलबार नगरपालिकामा रहेका विभिन्न संघ संस्थामा आबद्द रहेका प्रतिनिधि सँग छलफल गरि रक्तदान कार्यक्रमलाई सभ्य भब्य रुपमा सम्पन्न गर्न अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएको छ।
बिगतको बर्ष जस्तै एस पटक पनि उल्लास पुर्ण उपस्तिथिमा रक्तदान गर्न संस्थाका अध्यक्ष गणेश बस्नेतले सम्पुर्ण बेलकाबासिलाई आह्वान गरेका छन।
सहयोगि बचत तथा ऋण सहकारी संस्थाको आयोजना ,रक्त सन्चार केन्द्र घरानको प्राबिधिक सहयोग र बेलका नगरपालिकाको समन्वयमा रक्तदान कार्यक्रम सन्चालन हुने भएको छ।


