NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

स्वबियु चुनाव र अनुभव – रन्जना मगर

1 Mins read

स्ववियु विद्यार्थीले विद्यार्थी कै लागि जन्माएको एक संस्था हो। जसमा विद्यार्थीहरुको मतद्वारा चुनिने विद्यार्थीका साझा प्रतिनिधि रहने गर्छन् ।देश ,कालखण्ड र समय अनुरुप स्ववियुको स्थापना र नामाकरण फरक-फरक ढंगले गरिएतापनी संसारका चर्चित तथा राम्रा विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मंचको व्यवस्था छ। नेपालमा सर्वप्रथम पन्चायतकालमा २०२० भाद्र २० गते त्रिविमा पहिलो पटक विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो जसको नाम परिवर्तन भएर स्वतन्त्र विद्यार्थी युनियन हुन गएको पाइन्छ।
पछिल्लो पटक २०७३ सालमा स्ववियु निर्वाचन भएपछी अनेकन कारणबस लामो समय सम्म निर्वाचन हुन सकेको थिएन। यसपटक विभिन्न विद्यार्थी सङ्गठनका अग्रज नेताहरुको विशेष पहल र विश्वविद्यालयहरुकै विद्यार्थीहरुको सक्रियतामा २०७९ चैत्र ५ गतेका लागि स्ववियु निर्वाचनको मिति भयो।यसले पुनःनेपाल भरिकै विद्यार्थी राजनीतिको माहोल ततायो।सम्पुर्ण विद्यार्थी सङ्गठनहरु आ-आफ्नो ठाउँबाट तयारिमा जुटे।त्यही स्ववियु निर्वाचन हुने मध्यको एक थियो हाम्रो त्रियुगा जनता बहुमुखी क्याम्पस(उदयपुर) पनि ,जुन त्रिविबाट सम्बन्ध प्राप्त कोशी प्रदेशकै चर्चित QAA certified क्याम्पस हो।
यस क्याम्पसको नेतृत्व गर्नु हरेक विद्यार्थी नेताहरुको सपना हो। जुन सपनालाइ आकार दिने माध्यम बनेर आयो यस पटकको स्ववियु निर्वाचन । यसमा विद्यार्थी नेता लगाएत अन्य विद्यार्थीहरुको पनि विशेष चासो रहेको पाइयो।
फाल्गुन १९ गते हाम्रो क्याम्पसको लागि ६ वटा सङ्गठनहरु दर्ता भए। त्यसपश्चात क्याम्पस झनै स्ववियु निर्वाचनमय हुन गयो।कक्षाहरु नियमित संचालन भइरहेको थियोे । विभिन्न संकाय रहेको यसमा क्याम्पसमा भारी मात्रामा विद्यार्थी रहेकी हुदा खाली समयमा भने विद्यार्थीहरु सङ्ग घुलमिल हुने र निर्वाचनसङ्ग सम्बन्धित जानकारीहरु दिने काम हुने गर्दथ्यो। फरक-फरक विद्यार्थी सङ्गठनका नेताहरु विच शुरूवात बाटै एक आपसमा मित्रवत व्यवहार थियोे । जसले गर्दा अर्कालाई आदर गर्नुका साथै एक अर्काको विचारलाई सम्मान गरिन्थ्यो ।
आ-आफ्नो सङ्गठन बाट को को उम्मेदवार हुने र कसको नेतृत्वमा चुनावमा होमिने भन्ने विषयमा कस्सा कस्सी चलिरहेको थियो।म आबद्द विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी नेकपा(माओवादी)को भात्री सङ्गठन भएकाले नि यश पटक सबै माओवादी घटक विद्यार्थी सङ्गठनहरु अखिल क्रान्तिकारी-नेकपा(माओवादी )निकट ,अखिल क्रान्तिकारी-बहुमत निकट,अखिल क्रान्तिकारी -विप्लप निकट एक -ढिक्का भइ स्ववियु निर्वाचनमा होमिनने निर्णय भयो जसले थप उर्जा दिने काम गर्यो।सबै अनुभवी अब्बल नेताहरु हुदा कसलाई नेतृत्व जिम्मा दिने भनेर निर्णय गर्न हम्मे हम्मेको स्थितिमा विद्यार्थीमाझको लोकप्रियता,क्याम्पसको नियमित विद्यार्थी र क्याम्पस प्रशासन सङ्गको निकटतालाइ आधार मान्दै यसै क्याम्पस इकाई कमिटीका अध्यक्ष क.सरोज कार्कि नेतृत्वमा अघि बढ्ने निर्णय गरियो।
यो मेरो जिवनको पहिलो स्ववियु निर्वाचन थियो।विद्यार्थी राजनीति प्रतिको मेरो लगाव,आफू अध्ययनरत क्याम्पसको स्तर उन्नतिको चाहाना ,समग्र आवाज विहिन विद्यार्थीहरुको बुलन्द आवाज बन्ने मेरो हुटहुटी साथै महिला विद्यार्थी नेताको हैसियतले सम्पुर्ण छात्राहरुको प्रतिनिधित्व गर्ने सपनालाई साकार बनाउने अभिप्रायले मैले स्ववियुको सचिव पदमा उम्मेदवारी दिने चाहाना व्यक्त गरे।सङ्गठनका अग्रज नेताहरु पहिला बाटै महिला नेतालाई नेतृत्व तहमा स्थापित गर्नु पर्छ भन्ने पक्षमा हुनु भएकाले मेरो प्रस्ताव सहर्ष स्वीकार भयो।यहि हौसला र आटले मैले महिला भएर नि बाकी ३ जना पुरुष प्रतिस्पर्धी सङ्ग चुनावी मैदानमा लड्ने हिम्मत गरि आफ्नो सङ्गठनको साथमा मनोनयन दर्ता गराए।
अर्को रोचक कुरा के थियो भने स्ववियु निर्वाचनको र विद्यार्थी राजनीति आर्कषणका कारण यसपटक सचिव,कोषाध्यक्ष र सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारहरु पनि हुनुन्थ्यो। विद्यार्थीलाई केवल क्याम्पसमा मात्रै भेटी आफ्नो विचार र धारणा व्यक्त गर्नु पर्छ भन्ने धारणा हाम्रो सङ्गठन बाट विद्यार्थीहरुलाइ केवल क्याम्पसमा मात्रै भेट्ने र स्ववियु सङ्ग सम्बन्धि कुरा राख्ने काम गरियो र कुनै घरदैलो कार्यक्रम गरिएन। जसमा सबै विद्यार्थीहरुले,क्याम्पस प्रशासनले,प्राध्यापक ज्युहरुले सहजीकरणका लागि ठुलो भुमिका निर्वाह गरिदिनु भयो। सबै प्रतिस्पर्धी मित्रहरु उत्तिकै सक्षम योग्य भएकाले नि प्रतिस्पर्धा निकै कसिकसाउ पुर्ण थियो।त्यसमाथि म महिला भएको कारण मेरो लागि थप चुनौतीपूर्ण हुन पुग्यौं ।
अन्ततःचैत्र ५ गते २१४६ मतदाता भएको हाम्रो क्याम्पसमा १०६५ जनाको मतदान बाट शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचन सम्पन्न भयो।रातभरि मत गणना कार्य सन्चालन भयो र चैत ६ गते बिहान ९ बजे नतिजा सार्वजनिक भयो। झिनो मतान्तरले हारजित भयो। सबैले एक अर्कालाई शुभकामना दिने काम भयो। निर्वाचन एकदमै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भयो।निर्वाचन अवधि भरी नै उम्मेदवारहरु विच कुनै प्रकार मत भेद रहन।
यस निर्वाचनमा संख्यात्मक मतका आधारमा म सफल हुन नसकेतापनी मैले धेरै उपलब्धिहरु हासिल गरे।आफ्नो नेतृत्व क्षमता अझ अब्बल भएको पाएको छु,हिजो सिमित व्यक्तिहरु बिचमा मात्रै परिचित मान्छे आज सिङ्गो क्याम्पसमा विद्यार्थी नेताको रूपमा स्थापित भएको छु,पहिला क्याम्पसमा अपरिचित लाग्ने अनुहारहरु आज चिरपरिचित र आफ्ना भएका छन् ,गुरुवर्गहरु सङ्ग अझ सुमधुर सम्बन्ध कायम भएको छ,विद्यार्थी र क्याम्पसका समस्या अझ आँखा सामु स्पष्ट भएको छ,आफ्नो गन्तव्य अझ प्रष्ट भएको छ। यसरि मेरो जिवनको पहिलो स्ववियु निर्वाचनमा असफलता एउटा रह्यो तर सफलता र उपलब्धि अनेकौं ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *