निरु घिमिरे
बेलका नगरपालिकामा ५ दिने आधारभुत पत्रकारिता तालिम समपन्न भएको छ। बेलका मिडिया प्रा.लि को आयोजना र बेलका नगरपालिकाको सहयोगमा नगरको प्रत्येक वाडको संचार क्षेत्रमा इच्छुक युवाहरुलाइ लक्षित गरि उक्त तालीमको आयोजना गरिएको हो। “बिकास सुशासन र समृद्धिका लागि संचार” भन्ने मुल नाराका साथ बेलकाको बरपिपल मा.विमा गत शुक्रबारदेखि मङ्गलबारसम्म संचालन गरिएको तालिमलाइ पत्रकार हिमाल दाहाल साथै पत्रकार भरत खड्काले सहजिकरण गरेका हुन। बेलका नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा तथा बेलका मिडिया प्रालिका अध्यक्ष भरत घिमिरेको अध्यक्षतामा समापन कार्यक्रम गरि सहभागीहरुलाइ प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले स्थानीय तहहरुमा थुप्रै किशिमका तालिमहरु आयोजना भएको तर देशको चौथो अंङ्ग मानिने पत्रकारिताको तालिम भने बिरलै सन्चाल्न भएको बताए।
उनका अनुसार पत्रकारितामा गुणस्तरीयता खोजिरहेता पनि लगानीमा भने कमजोर भएको बताएका छन।साथै आफ्नो स्थानबाट आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन। येस्तै कार्यक्रमका अर्का अतिथि वाड न:८ का वडाअदक्ष्य जयकुमार राइका अनुसार पत्रकारिता मर्यादित पेशा रहेको र यो समाज साथसाथै देश निर्माणको बलियो आधार भएको कुरा बताए । कार्यक्रममा पुन: बोल्दै अध्यक्ष राइले पत्रकारिताबाट आफुमा भएको ज्ञान्,क्षमता र सीपको उजागर गर्न सकिने पनि बताएका छन।
कार्यक्रमका प्रशिक्षक भरत खड्काले प्रशिक्षार्थीले तालिममा सिकेका कुरालाइ निरन्तर दिन सके मात्र तालीम लिएको सार्थकता हुने बताए।
येस्तै कार्यक्रममा सहभागी प्रशिक्षार्थीका अनुसार उक्त तालिमले संन्चार क्षेत्रका बारेमा थुप्रै कुराहरु थाहा पाएको र आफुहरुमा काम गर्ने इक्षाशक्ती पलाएकोले तालिम पश्चात् कुनै न कुनै पक्षबाट संन्चार क्षेत्रमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन।
कार्यक्रमको अन्त्यमा बोल्दै आयोजक संस्थाका अध्यक्ष साथै कार्यक्रमका सभाअध्यक्ष भरत घिमिरेले तालीम सहभागी प्रशिक्षार्थीहरुलाइ काम गर्न चाहेको खण्डमा आफुहरुसङ्ग जोडिन आह्वान गरेका छन भने उनले समाचार लेख्दा समंयमता अपनाइ सत्य-तथ्य र निसपक्षिय हुनेपर्ने कुरामा जोड दिएका छन।


