NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

डिजिटलाइज बन्दै बलान बिहूल गाउँपालिका

1 Mins read

सप्तरी /
मधेश प्रदेश स्थित सप्तरीको बलान बिहूल गाउँपालिका डिजिटलाईज हुने भएको छ । करिब २ करोडको बजेटमा गाउँपालिका यसै आर्थिक बर्ष २०८० भित्र डिजिटल गाउँपालिका बनाउने लक्ष्य रहेको गापा अध्यक्ष खेमचन्द्र यादबले बताए ।
यादबले भने “अब यश गाउँपालिका भित्रको जनताहरुले गाउँपालिकाको सम्पूर्ण गतिविधि घरमै बसेर नियाल्न सक्ने, पालिकाको दिनानुदिनका सेवाहरु घरबाटै लिन सक्ने ब्यबस्थापन गर्नको लागि डिजिटलाईज गर्न लागिएको हो । प्रबिधिको उच्चतम उपयोग गर्दै पालिकालाई डिजिटलमैत्री बनाउने उदघोष समेत गरेका छन् ।
जुनसुकै नागरिकले पनि संसारको जुनसुकै ठाउमा रहेर इन्टरनेटको माध्यम पालिकाको सामान्य जानकारीहरु जस्तै: घर धुरि संख्या,लैङ्गिक घर धुरि बिवरण, उमेर अनुसारको जनसङ्ख्या, वडा गत जनसङ्ख्या घरधुरि एवम नगरको जनप्रतिनिधि कर्मचारी हरुको विवरण जीपीयस प्रबिधिमा आधारित गतिशिल फोटो सहितको विवरण आदि बारे सेवा लिन अथवा आवश्यक खण्डमा नागरिकलाई उक्त तथ्याङ्क उपलब्ध गराउन सकिन्छ।
डिजिटल बलान बिहूल बनेपछि पालिका वा मातहत का वडाहरुले पालिकावासीको विवरण पंजीकरणका काम एवम कर सम्बन्धी सेवा यसै नगर प्रोफाईल बाट डिजिटल माध्यम बाट सन्चालन हुनेछ। जनप्रतिनिधिहरुको निश्चित समयवधि भित्रको प्रगति विवरणलाई पनि सोझै झल्काउने अध्यक्ष यादबले बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *