NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिका लालबजारमा टिफरको ठक्करबाट बालिकाको मृत्यु

1 Mins read

उदयपुरको बेलका नगरपालिका – ४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयहरूले प्रदर्शन गर्नुका साथै अर्को एक टिपरमा आगजनी गरेका छन् ।
मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको हो।

मदन भण्डारी राजर्माग हुँदै पश्चिम बाट रामपुर जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार्ग अन्तर्गत लालबजारमा ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो

घटनापछि टिपर र चालक कटारी नगरपालिका– २ का २३ वर्षीय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।
टिपरको ठक्करले बालिकको मृत्यु भएपछि आन्दोलित स्थानीयले मदन भण्डारी राजर्माग हुँदै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को अर्को टिपरमाथि आगजनी गरेका छन् । टिपरमा गरिएको आगजनी निभाउन गएको चौदण्डीगढी नगरपालिकाको दमकल समेत स्थानीयले तोडफोड गरेका छन् । तोडफोड गरिएको दमकल चल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ साथै बेलका नगरपालिकाको पानीको ट्यान्ङ्कर समेतमा आगजानी गरेको हुन।

टिपरमा आगजनीपछि मदन भण्डारी राजर्माग हुँदै पूर्वपश्चिम आवत जावत गरिरहेका सवारी साधनलाई वीरेन्द्र चौकबाट तपेश्वरी-भागलपुर हुँदै वैकल्पिक मार्ग भएर पठाइएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती सर्बपक्षिय बैठक बसेर शब उठाउने सहमति भएको र अबरुद्ध सडक खुलाउने कार्य जारी रहेको बताइएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *