NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा बिद्यालय पुगेर ट्राफिक सचेतना कार्यक्रम सप्पन्न

1 Mins read

बेलका/बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुरले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ । विद्यालयमा आधारित सचेतना कार्यक्रम गरिरहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुरले शुक्रबार विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । बेलका नगरपालिका वडा नं ४ मा रहेको जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई रामपुर ट्राफिक कार्यालय बाट गएको ट्राफिक प्रहरीको टोलीले प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख भेष बहादुर थापाले उपस्थित करिब २०० सय विद्यार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । “करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्”, उनले भने, “यसलाई हामी आफैँले न्यूनीकरण गर्न सक्छौँ ।”
चालक तथा पैदलयात्रीको लापरबाहीका कारण धेरैजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । त्यसैगरी दुर्घटनाको दोस्रो कारणमा यान्त्रिक गडबढी देखिने गरेको ट्राफिक प्रमुख थापाले बताए । “त्यस्तो कारण १० प्रतिशत हाराहारीमा हुन्छन्”, उनले भने, “एक्कासि टायर पड्किने, ब्रेक फेल हुने जस्ता कारणले पनि दुर्घटना हुनसक्छन् ।”

प्रशिक्षणका क्रममा उनले कक्षा ९ र १० मा अध्ययन गर्ने किशोर किशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाएका थिए । “पहिले रोकिनुस्, चारैतिर हेर्नुस्,एकछिन हेर्नुस् अनि मात्रै बाटो काट्नुस्”, उनले सुझाए, “सडक किनारामा हिँड्दा पनि कमिलाको शैलीमा एकै लाइनमा हिँड्नुस् ।
सो क्रममा उनले सूचनामूलक चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाएका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए । ट्राफिक कार्यालय रामपुरका प्रमुख थापाले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, गाउँ, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको बताए । “विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन्”, उनले भने, “उनीहरुमार्फत समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।”

ट्राफिक प्रहरीले ट्राफिक सचेतना अभियान अन्तर्गत बिद्यालयमा यो अभियान निरन्तर अघि बढाउने अस्थायी ट्राफिक कार्यालय रामपुरका ट्राफिक मनोज खड्काले बताए । विद्यालयका साथै चालक तथा यात्रुहरुलाई पनि सचेतना कार्यक्रम गरिरहेको उनले बताए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *