ठोक्सिला उर्जा तथा ग्रामीण बिधुतिकरण बाट बेलका वार्ड न-७ मैनामैनिमा बत्ती बलेको करिब ४ बर्ष सम्म मैनामैनिको जनताले बिधुत महसुल नतिरेको पाइएको छ।
मुलगाउमा बत्ति बलेसगै उद्घाटन गरिएको कार्यक्रममा तत्कालीन नगरप्रमुक दुर्गा थापा , वार्ड अध्यक्ष सुरेन्द्र राई लगायतले जनतालाइ फ्री रूपमा बत्ती दिने बताइपनि आफ्नो कार्यकाल भरिमा ठोक्सिला उर्जा तथा ग्रामीणलाई रकम नबुझाइएको पाइएको छ।
ठोक्सिला उर्जा तथा ग्रामीण बिधुतिकरणले सस्थागत रूपमा बेलका -७ सग बिधुत सम्झौता गरेको पाइएको हो। सम्झौता पत्र अनुसार महसुल नतिर्दा विधुत प्राधिकरणले सूचना जानकारी गराएर यो असार मसान्तसम्म लाइन काटने बताइएको छ ।
बेलका -७ मैनामैनिमा ४ बर्ष अगाडि औपचारिक उद्घाटन गरेतापनि त्यो भन्दा अगाडि देखि मैनामैनिको जनताले विधुत(करेन्ट) प्रयोग गर्दै आएको हुन ।
ग्रामीण बिधुतिकरण भयपनी केन्द्रिय विधुत प्राधिकरणको मातहतमा नीति नियम अनुसार चल्ने सस्था भएको हुँदा बेलका नगरपालिकाबाट विशेषगरी ७ नम्बर र ६ नम्बर बाट ५० लाख भन्दा बढी महसुल बक्यौता तिर्न बाकि देखिएको छ ।
बेलका नगरपालिका वार्ड न -६ मा पनि तत्कालीन तथा बर्तमान अध्यक्ष वसन्त मगरले पनि चुनाव आउनु ३ महिना अगाडि देखि सम्पुर्ण विधुत पहुच पुगेको जनताको महसुल तिरेको र आफुले फ़ेरि चुनाव जिते वार्डभरी बिधुत फ्री गर्ने प्रतिबद्धता गरेपनी त्यो भनाइ केही समय मात्र टिक्न सक्यो अहिले बेलका -६ बाट पनि महसुस उठन बाकी रहेको पाइएको हो अहिले बेलका -६ को अधिकान्स जनताले वार्ड अध्यक्षले झुक्याय भन्दै हिडेको सुन्न पाइन्छ ।
त्यसैगरि बेलका नगरपालिकामा घर ठेगाना भएको उच्च प्रतिष्ठित ,सामाजिक ब्यक्ती ,बुद्धिजीवी ,राजनीतिज्ञ ,ब्यापारीले समेत अहिलेसम्म महसुल नतिरेको पाइएको छ ।
ठोक्सिला उर्जा समितिमा रहेर काम गर्ने पदाधिकारी सदस्यले समेत नतिरेको पाइएको छ।
अहिलेसम्म नतिर्ने ग्राहकको असार मसान्तसम्म सार्बजनिक रूपमा नाम लिस्ट सार्बजनिक गरिने बताइएको छ जिल्ला बिधुत प्राधिकरणले।
बेलकामा असार मसान्तसम्म विद्युत महसुल नतिरे लाइन काटिने(नतिर्नेको नामावली सहित)
