NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

एनआरएनए यूके अध्यक्ष उम्मेदवार घिमिरेको चुनावी एजेण्डा सार्वजनिक

1 Mins read

एनआरएनए यूके अध्यक्ष उम्मेदवार घिमिरेको चुनावी एजेण्डा सार्वजनिक

एनआरएनए यूके अध्यक्ष उम्मेदवार घिमिरेको चुनावी एजेण्डा सार्वजनिक
एनआरएनए यूके अध्यक्ष उम्मेदवार दिनेश घिमिरेले पाँचबुँदे चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । 
भर्चुअल पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता सार्वजनिक गर्दै उनले संस्थागत सुधार, बेलायतवासी नेपालीबीचको सामाजिक सद्भाव अभिवृद्धि र सामाजिक अभियानको निरन्तरतासहितका प्रमुख ३ क्षेत्रमा काम गर्ने आफ्नो अठोट व्यक्त गरे ।

उनले आफ्नो एजेण्डामा संस्थागत विकास र सुदृढ संगठन, पूर्व गोर्खाज, सम्पत्तिको सुरक्षा र नागरिकताको निरन्तरता, नेपाली विद्यार्थी-हाम्रो सरोकार समेटेका छन् । यसैगरी, आजको युवा भोलिका भविष्य र लगानीको अवसर विज्ञताको कदर शीर्षकमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

घिमिरेको पूर्व गोर्खाहरुको मुद्धामा जारी त्रिपक्षीय वार्ता तार्किक र उपलब्धिमूलक निष्कर्षमा पु¥याउन पहल गर्ने, पूर्व गोर्खा परिवारका वृद्ध वृद्धाहरुको सहयोगका लागि हेल्प डेस्क सञ्चालन गर्ने, गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण अधिकारयुक्त बनाउन तथा गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षाका लागि नेपालको संसद तथा सरकारसंग निरन्तर पहल गर्ने वाचा छ । 

साथै, संस्थागत विकास र सुदृढ संगठनको एजेण्डाअन्तर्गत निर्वाचित कार्यसमितिको निर्देशन र अनुगमनमा कार्यालय सञ्चालन गर्ने, उक्त कार्यालयबाट आमसदस्यका सरोकारका समस्याहरु समाधानको पहल गर्ने, सदस्यता बाह्रै महिना खुला राख्ने, परोपकारी कार्यहरुको संयोजनका लागि विधानको परिकल्पनाअनुसारको एनआरएनए फाउन्डेसन शुरु गर्ने, संगठनको ढाँचा र कार्यशैलीमा पुनर्विचार गर्दै संस्थालाई समयसापेक्ष बनाउने कार्यक्रम घिमिरेले अघि सारेका छन्। 

अध्यक्ष उम्मेदवार घिमिरेले अध्ययनका क्रममा दुई वर्षभन्दा लामो समय विदेशमा बस्ने नेपाली विद्यार्थीलाई एनआरएनएको सदस्यता दिलाउने, विद्यार्थीलाई आवश्यक सहयोग र जानकारी उपलब्ध गराउनेदेखि विभिन्न क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका स्कलर, युवालगायतको पहिचान गरी उनीहरुलाई विभिन्न कार्यक्रममार्फत नेपालको हितमा हुने गरी परिचालन गर्न पहल गर्ने पनि प्रतिबद्धता गरेका छन्।

उनले एनआरएनए यूकेको आन्तरिक विवाद समाधानका लागि सबै पक्षसंग छलफलका लागि तयार रहने तर प्रक्रियाभन्दा बाहिर गएर सहमति खोज्न नसकिने उनले स्पष्ट पारेका छन् । 

पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी सदस्य राजेन्द्र पुडासैनी, एनआरएनए यूकेका पूर्व महासचिव डा. कृष्ण उपाध्याय लगायत बोलेका थिए ।
 
 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *