NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

व्यक्तिगत घटना दर्ता र न्यायिक समितिको सेवा प्रवाह सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

1 Mins read

आवर बेलका/व्यक्तिगत घटना दर्ता र न्यायिक समितिको सेवा प्रवाह सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम
कानुन न्याय तथा सम्सधिय मामिला मन्त्रालय को नेतृत्व तथा कोशी प्रदेस मुख्यमन्त्री कार्यालय र दुहवी नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुर मा UNDP अन्तर्गत A2J परियोजनाको सहयोगमा एक्टिभ नेपाल बिराटनगरले सन्चालन गरिरहेको महिला तथा सिमान्त्कृत समुदायको न्यायमा पहुच अभिबृदी परियोजना अन्तर्गत व्याक्तिगत घटना दर्ता र न्यायिक समितिको सेवा प्रवाह सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सन्चालन भएको छ । परियोजना ले दुबै नगरपालिकाका पन्जिकाधिकारी, न्यायिक समितिका सदस्य तथा कर्मचारि सहभागी गराइ १/१ दिने अभिमुखिकरण कार्यक्रम सन्चलन गरेको हो । मुख्यतय परियोजना संचालित यी पालिकाहरुमा ब्यक्तिगत घटना दर्ता र न्यायिक समितिको सेवा प्रवाह सम्बन्धमा कर्मचारिहरुमा धेरै कानुनी दुविधा रहेको र धेरै ब्याक्तिहरु आफ्नो ब्याक्तिगत घटना दर्ता गर्ने आफ्नो अधिकार बाट बन्चित भै राज्यबाट प्राप्त गर्ने सेवा सुबिधा तथा मुख्यतय आफ्नो मौलिक हक समेत प्रप्त गर्न बाट बन्चित भैरहेको पाईएको हुदा उक्त कार्यक्रम आयोजना गरिएको फिल्ड सुपरभाइजर व्रजेस काफ्लेले जानकारी दिनुभएको छ । महिला, दलित, PWD, LGBTQI, गरिव तथा अन्य सिमान्तकृत समुदायको न्यायमा पहुच अभिबृदी को लागि परियोजनाले समुदाय तथा बिध्यालय स्तरमा समेत विभिन्न किसिमको सचेतनामुलक कार्यक्रमहरु (न्यायिक शिक्षा, समुदाय सम्वाद, फोकस ग्रुप सम्वाद, न्यायिक सचेतना सम्बन्धमा टिकटक प्रतियोगिता, सामुदायिक बिध्यालय स्तरमा वक्तृत्वकला, घुम्ती शिविर, कानुनी उपचार मेला, न्यायलय अवलोकन भ्रमण, पारालिगल समिति परिचालन, न्यायिक समितीमा हेल्प डेक्स, एफ.यम हरुको माध्यम बाट सचेतनामुलक सन्देस प्रवाह) सन्चालन गरिरहेको जानकारी सँस्थाका निर्देशक सुमन कार्किले जानकारी दिनु भयो । परियोजना अवधिभर कानुनी सहायता सेवाबाट कुल ५६०० व्यक्तिहरु जस्मा
उपचारात्मक कानूनी सहायता सेवाबाट ४००, कानूनी आउटरिच कार्यक्रमहरूबाट ४४००,
कानूनी सहायता क्लिनिक र मोबाइल कानूनी सहायता भ्यानबाट ४४०० महिला, दलित, PWD, LGBTQI+, IPs, थारु, मुस्लिम, अल्पसंख्यक र सीमान्तकृत समुदाय/समूहहरू सहितको अर्थपूर्ण सहभागितामा गराउने लक्ष्य परियोजनाले लिएको जानकारी कार्यक्रम संयोजक लिलाराज लिम्बूले बताउनु भएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *