Site icon Our Belaka

क्याननले फिचर्ड गर्‍यो नेपाली फाेटाेग्राफरले खिचेको रेडपाण्डाको तस्वीर

क्याननले फिचर्ड गर्‍यो नेपाली फाेटाेग्राफरले खिचेको रेडपाण्डाको तस्वीर

क्यानन एसियाले नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेकाे तस्वीर आफ्नो सोसल मिडिया प्लेटफर्ममा ‘फिचर्ड’ गरेको छ । विश्व रेडपाण्डा दिवसको अवसर पारेर शेर्पाले खिचेको रेडपाण्डाको तस्वीर क्यानन एसियाले फेसबुक र इन्स्टाग्राममा शेयर गरेको हो ।

जापानको बहुराष्ट्रिय कम्पनी क्याननले आफ्नो ब्राण्डका क्यामेराबाट खिचिएका उत्कृष्ट तस्वीर सोसल मिडियामा फिचर्ड गर्ने गरेको छ । पोस्ट गर्नुअघि कम्पनीले विभिन्न चरणमा तस्वीरबारे बुझ्ने र अनुमति लिने गरेको शेर्पाले बताए ।

‘इमेल र इन्स्टाग्राममार्फत धेरै प्रश्न सोधेपछि मात्रै मैले खिचेको रेडपाण्डाको तस्वीर क्याननले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममा शेयर गर्‍यो । विश्वभरिका फोटोग्राफरले नियाल्ने क्याननजस्ता ब्राण्डले मैले खिचेको तस्वीर शेयर गरिदिँदा खुसी लागेको छ’ यसले नेपालकाे पर्यटन प्रवर्धनमा सहयाेग नै पुग्याे भन्ने लाग्छ, शेर्पाले भने ।

‘रेडपाण्डाले अधिकांश समय रुखमै बिताउँछ । कम प्रकाशमा यसको तस्वीर खिच्नु एक चुनौती नै हो । तैपनि पूर्वी नेपालमा चुङ्बा शेर्पाले रेडपाण्डाको यति विस्तृत तस्वीर खिचेका छन्’, क्यामेरा र फोटोको डिटेलसहित क्यानन एसियाले लेखेको छ । 

तीन दशकभन्दा बढी पर्यटन क्षेत्रमा याेगदान गरेका ६३ वर्षे शेर्पा ६ वर्षयता पूर्णतः वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय छन् ।

Exit mobile version