Site icon Our Belaka

असोज २१ देखि २८ गते सम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता हुदै

दसैं तिहार छठको अबसरमा
असोज २१ देखि २८ गते सम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता हुँदै
असोज २१ देखि २८ गते सम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ। “लागु औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मुख्य नाराका साथ जलकन्या साँस्कृतिक युवा समुह बेलका नगरपालिका वडा नम्बर ५ मैनिको आयोजनामा र सुनाखरी युवा क्लब तथा Riders range fc बेलका- ४ लालबजारको सह-आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आज एक पत्रकार सम्मेलन गरि आयोजकले बताएको छ।
जम्मा ८ वटा प्रदेश स्तरीय टिम सहभागी हुनेछ्न । पत्रकार सम्मेलनको अध्यक्षता सस्थाको अध्यक्ष चन्द्र मगरले गरेको हुन भने कार्यक्रम संचालन प्रतिनिधि देबिन मगरले गरेको हुन। कार्यक्रममा उठेको प्रश्नको उत्तर आयोजक समितिका प्रतिनिधि रविन तामाङले दिएको हुन।

प्रतियोगितामा प्रथम र दोस्रो बिजेता टिमले क्रमश नगद रु. ५० हजार, ३० हजार साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन। दैनिक उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार राखिएको हो।
मिडिया पार्टनर
ourbelaka/ आवर बेलका

Exit mobile version