NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

एनबी मगरको शब्द रहेको रुमाल साटौला गित सार्वजनिक(भिडियो सहित)

1 Mins read

इटहरी : ‘रुमाल साटौँला लै–लै माया गासौँला,हाँसीखुसी रमाउँदै ए हौ जुनी काटौँला ।’
अहिलेको किशोर तथा युवापुस्तालाई आकर्षित गर्ने शब्द लोकलयमा मिसाएर इटहरीका गीत–सङ्गीत सर्जक एनबी (नरबहादुर) मगरले तयार पारेको ‘रुमाल साटौँला’ बोलको साङ्गीतिक सिर्जना सोमबार युटुबमा अपलोड गरिएको छ ।
मनोरञ्जन नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रुमाल साटौँला’ गीतमा दीपेन्द्र राई र बबिना किरातीको युगल स्वर छ भने शब्द तथा सङ्गीत एनबी मगरको रहेको छ ।
सरस्वती जब्दी मावि इटहरी–१६ का शिक्षकसमेत रहेका एनबी मगरले यो गीतको एमपी–थ्री तथा भिडियो निर्माण आफ्नै खर्चमा गरेका हुन् । जिडिटल साङ्गीतिक बजार युटुबमा राखिएको उनको यो पहिलो साङ्गीतिक सिर्जना हो ।
गीतको भिडियोमा प्रियन मगर, सुमिना लिम्बु, प्रदिप कोइराला, अस्मी थेगिम लिम्बु, अभिषेक लिम्बु, सुविक्षा थापा मगरलगायत कलाकारको अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ । पटकथा एवम् निर्देशन लेखक स्वयमको रहेको छ ।
पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतका एरेन्जर कुन्दन राई तथा क्यामेरा–पर्सन रिकेश बज्राचार्य रहेका छन् । नयाँ वृन्दावन गौशाला तथा इटहरीको सेरोफेरोमा छायाङ्कन गरिएको गीतको भिडियो निर्माणमा बज क्रिएसनले सहजीकरण गरेको छ

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *