Site icon Our Belaka

कुखुरा पालनबाट मनग्य लाभ लिदै शसिराम धामी

मदन अधिकारी / सुनसरी
हाल देशमा अवसर नपाएर बेरोजगारी समस्या भोग्दै कयौ यूवाहरु रोजगारका लागी बैदेशिक रोजगारलाई अंकाल्दै बिदेशिदै गरेको अवस्थामा मिहेनत गरे आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आशाको किरण हुन सुनसरी जल्ला बराहक्षेत्र घर भएका शसिराम धामी ।
उमेरले ५१ वर्ष प्रवेश गर्नु भएका उहाँ, पेशाले शिक्षक हुनुहुन्छ । उहाँले ब्रोइलर कुखुरा पालनु हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । उहाँलाई वाहिर जाने अवसर भने नआएको हैन, तर बैदेशिक रोजगार भन्दा स्वदेशमै शिक्षा प्रदान गर्दै व्यवसाय गर्ने बाटो उहाँलाई उचित लागेको छ ।
विहान ४ बजे उठ्ने, कुखुराको स्याहार सुसार गर्ने उनको दैनिक नित्यकर्म हो । २०६४ सालमा एक कठ्ठा जग्गामा रु. पचाँस हजरमा १ सय कुखुराबाट सुरु गरेको कुखुरा फार्ममा अहिले करिब ४५०० (पैंतालीस सय) कुखुरा छन् । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, विद्यालय जाने, कुखुराको स्याहार व्यवस्थापनमै उहाँले दिन कटाउने गर्नु भएको छ ।
लगानी फस्ने पो होकी भन्ने दोधारै दोधारमा सुरु गरेको ब्रोइलर कुखुरा व्यवसायमा सुरुवातका दिनहरु निकै चुनौती पुर्ण रहेको बताउनु हुने उहाँ, योजना र भिजन भएपनि आर्थिक अभावको कारणले लगाएको पूँजी समेत फस्ने अवस्थामा २०६७ सालमा उहाँको भेट महुली लघुवित्त वित्तीय संस्था लि. (तत्कालिन महुली सामुदायिक बिकास केन्द्र) सँग हुन पुग्यो । वित्तीय संस्थाको बारेमा राम्रो ज्ञान नभएको कहि कतै वित्तीय संस्थाले सामूहिक जवानी तथा धितोमा वित्तीय कारोबार गर्छ भन्ने थाहाँ पाए पश्चात संस्था प्रबेश गर्नु भएका धामी संस्थामा प्रवेश गरे पश्चात केही पूँजी पाउने भएसी मनमा केही आशाको किरण सहित पुनः व्यवसायलाई पुर्नजिवित गर्न रु. १ लाख कर्जा लिई व्यवसायलाई थप मजबुत बनाउदै व्यवसाय गर्दै गर्दा सोचेको भन्दा बढी आम्दानी हुन थालेपछि अहिले उहाँ दंग पर्नु भएको छ ।
बोइलर कुखुरा लाई धेरै स्याहार सुसार गर्नु नपर्ने, विहान र वेलुका दानापानी राखिदिए पुग्ने र घरको अन्य काम समेत गर्न भ्याईने भएकाले बोइलर कुखुरा पालन सजिलो हुने धामीको अनुभव छ । तर ग्यासको प्रयोग गरि जाडो महिनामा न्यानो बनाई राख्न भने अलि बढी खर्च हुने उहाँ बताउनु हुन्छ ।
शसिराम व्यपार व्यवसाय बारे बोल्दै ‘ प्रत्येक ४० देखि ४५ दिनमा कुखुरा निकालछौं, एउटा बराबर न्युनतम रु. १२ सय देखि १५ सय सम्म हुने गर्छ जसले गर्दा हाल मैले बार्षिक रु. १० लाख सम्म फाइदा लिने गरेको छु ।’ गरेको अनुभव सुनाउनु भयो ।
शसिरामकी श्रीमती सबिता धामीले “व्यवसाय सुरवात गरेकोमा पछुतो नरहेको भन्दै ‘गर्छु भेनेर लागेपछि किन पछि हट्नु अर्काको देशमा मरिमेट्नु भन्दा जति हुन्छ, जे हुन्छ, म यहि गर्छु, सँगैका साथी विदेशमा डलर छाप्छन् म नेपाली रुपौयाँमा रमाउँन खोज्दै छु “ भन्दै महुली लघुवित्तको करण यो अवस्था आएकोमा ख़ुशी हुदै जुन उद्देश्यमा कर्जा लिईको हो सोही उद्देश्यमा लगानी गरे सफलता प्राप्त हुने भएकोले सबैलाई कर्जाको सही सदुपयोग गर्न सुझाउनु भयो ।

Exit mobile version