सहयोगी साकोसद्वरा सरसफाइ अभियान सम्पन्न
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा बेलका नगरपालिका -८ कोठुको कोशी पुल क्षेत्रमा सरसफाइ अभियान गरेको छ।
बेलकाको पर्यटन प्रबर्द्धनको मुख्य क्षेत्रमा पर्ने कोशी पुलमा धेरै जसो मानिसहरु आवतजावत गर्ने भएकोले उक्त स्थानमा जनचेतना मुलक अभियान गरिएको छ।
सनिवार बिहान ८ बजे देखी सुरु भएको अभियानमा सहयोगी साकोसको सबै कर्मचारीहरु, पदाधिकारी,स्थानीय जनप्रतिनिधि,सशस्त्र प्रहरी डुड्खोला,अस्थायी प्रहरी चौकि कोठुका प्रतिनिधि लगाएत सम्पुर्ण होटल ब्यावसायिक र स्थानीय सरोकारवाला हरुको उपस्तिथिमा सम्पन्न गरिएको हो।
सरसफाइ अभियानमा विषेशगरि कुहिने र नकुहिने फोहोर कसरी ब्यबस्थापन गर्ने र फोहोर राख्ने सामाग्री (डस्बिन) को कसरी उचित उपयोग गर्ने भन्ने विषयमा सहित छफल गरिएको आवश्यकता अनुसार डस्बिन समेत उपलब्ध गराएको साकोसको अध्यक्ष गणेश बस्नेतले बताए ।


