Site icon Our Belaka

मेरो माईक्रो फाइनान्सको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेरो माईक्रो फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा पथरि मोरङमा बार्षिक केन्द्र प्रमुख गोष्टि तथा वित्तीय साक्षरता अभिबिर्धि कार्यक्रम २०८० सम्पन्न गरेको छ।

मोरङको पथरि शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झन्डै एक सय तीस भन्दा बडि आफ्ना सदस्य तथा अभिभावकलाई वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको हो।

हाल ६४ जिल्ला मार्फत १४९ शाखा मार्फत सातै प्रदेशमा शाखा सञ्जाल रहेको मेरो माइक्रो फाइनान्सले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रम आयोजना गर्ने पथरि शाखाका शाखा प्रवन्धक मोहन कुमार धमलाले बताए।

Exit mobile version