आवर बेलका/ सुनसरी / मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको मोरङको पथरि शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको हो ।
संस्थामा आवद्ध सदस्य निर्मला आङथोपोको श्रीमान को मृत्यू पश्चात निज सदस्य निर्मला आङथोपो लाई उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
निर्मला आङथोपोले संस्थाबाट ३ लाख २० हजार रुपैयाँ कर्जा लिएको र उनको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बीमा अन्तर्गत बीमितको मृत्युपश्चात दिइने काजक्रिया खर्च रु १० हजार रुपैंयाँ गरि ३ लाख ३० हजार भुक्तानी गरिएको संस्थाले जनाएको छ ।
जस मध्ये तिर्न बाँकी रहेको ऋण रकम रु २ लाख ४९ हजार रुपैयाँ कट्टागरी बीमाङ्क रकम को बाँकी रकम रु ८१ हजार रुपैया नगद हस्तान्तरण गरिएको छ ।
संस्थाले आफ्ना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र आफ्ना ग्राहक सदस्यलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुखको समयमा संस्थाले सहयोग रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम संस्थाको अनुगमन कार्यलय पथरीका अनुगमन अधिकृत सिताराम महतो ज्युको उपस्थितिमा हस्तान्तरण भएको संस्थाका शाखा प्रमुख श्री मोहन कुमार धमलाले जानकारी दिनुभयो ।
Discussion about this post