NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

दु:खको साथी मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था

1 Mins read

आवर बेलका/ सुनसरी / मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको मोरङको पथरि शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको हो ।
संस्थामा आवद्ध सदस्य निर्मला आङथोपोको श्रीमान को मृत्यू पश्चात निज सदस्य निर्मला आङथोपो लाई उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
निर्मला आङथोपोले संस्थाबाट ३ लाख २० हजार रुपैयाँ कर्जा लिएको र उनको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बीमा अन्तर्गत बीमितको मृत्युपश्चात दिइने काजक्रिया खर्च रु १० हजार रुपैंयाँ गरि ३ लाख ३० हजार भुक्तानी गरिएको संस्थाले जनाएको छ ।

जस मध्ये तिर्न बाँकी रहेको ऋण रकम रु २ लाख ४९ हजार रुपैयाँ कट्टागरी बीमाङ्क रकम को बाँकी रकम रु ८१ हजार रुपैया नगद हस्तान्तरण गरिएको छ ।
संस्थाले आफ्ना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र आफ्ना ग्राहक सदस्यलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुखको समयमा संस्थाले सहयोग रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम संस्थाको अनुगमन कार्यलय पथरीका अनुगमन अधिकृत सिताराम महतो ज्युको उपस्थितिमा हस्तान्तरण भएको संस्थाका शाखा प्रमुख श्री मोहन कुमार धमलाले जानकारी दिनुभयो ।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *