आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ । रामपुर बरगाछिमा आयोजित कार्यक्रममा ग्लाेबल अाइयमई लघुबित्तका अनुगमन अधिकृत हेमलाल पाैड्यालकाे सभाध्यक्ष भएको थियाे । पाैड्यालले समय अनुसार वातावरण प्रदुषणमा डस्बिनकाे अावश्यकता परेकाे बताए । वडा नम्बर ९ का वडा सदस्य सुवास बस्नेतले वायु प्रदुषण तथा सरसफाइमा यउटा इटा थपिएको बताए । उनले अरु सस्थाले पनि यश किसिमकाे कार्यक्रममा जाेड दिनु पर्ने बताए । उद्योग बाणिज्य सङग बेलकाका अध्यक्ष चन्द्र मणि मण्डलले बाणिज्य सङगले गर्नु पर्ने कार्यक्रममा सहयाेग पुगेकाे बताए । समाजसेवि सुरेश तामाङले अाफ्नाे सम्झिएर प्राप्त भएको डस्बिनकाे प्रयाेग गर्नु पर्ने जाेड दिए। नगरकाे समग्र बिकास सङगै सरसफाइ जाेडिएकाे समाजसेवि तथा सामाजिक अभियन्ता जयराम पुर्वछमने बताए । इप्रका कार्यालय रामपुरका प्रतिनिधि उमेशकुमार मेहता लगायतकाे उपस्थितिमा ग्लाेबल अाइयमई लघुबित्त रामपुरका मेनेजर पशुपति चाैधरिले अागामि दिनमा थप कामहरु गरिने बताए ।काेशि माध्यामिक विद्यालयका प्रधानाध्यापक सुर्य नारायण शाह तथा तुलसि खड्का, पदम मगर लगायतको उपस्थिती रहेको उक्त संस्थाका मिसन पुर्वछानेले जानकारी दिय । पछिल्लो समय देशमा बचत तथा ऋणको दुरुपयोग बढदै गएको हुनाले समयदेखी नै स्थानीयलाई बचतको महत्व र कर्जाको सदुपयोग के कसरी गर्ने, केका लागि ऋण लिने , बितिय संस्थाले गाँउघरमा के कस्तो सहयोग गरेको छ भन्ने विषयमा जानकारी गराइएको थियो । त्यस्तै पैसा कसरी बचत गर्ने, कस्तो समयमा कर्जा लिने , बैक तथा बित्तीय संस्थाको कर्जा नतिर्दा के के समस्या हुन्छन , बित्तिय संस्थाले समाजमा गरेका सामाजिक कार्यको बारेमा उद्योगी शिक्षक बिचमा जानकारी गराइएको हो । कार्यक्रममा २० थान डस्बिन रामपुर पुरानाे ठाना देखि गुरुङचाैरिकाे चाेकहरुमा राखिएको छ। ५० बढिकाे सहभागीता रहेको ग्लाेबल अाइएमई लघुबित्त शाखा कार्यलय जनाएको छ ।


