NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read

मदन अधिकारी
उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर हजार रकम उपलब्ध गराएको छ ।
त्रियुगा नगरपालिका स्थित महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय गाईघाटले त्रियुगा नगरपालिका वडा नम्बर ४ सालघारीमा गठित केन्द्र नम्बर ६४ कि सदस्य बनहि चौधरीलाई बिमा क्षतिपूर्ति बापतको २ लाख ७५ हजार रुपियाँको चेक उपलब्ध गराएको शाखा प्रबन्धक हेमराज दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार लघुवित्तको सदस्य रहनुभएकी सोनिक चौधरीको श्रीमती बनहि चौधरीको केही दिन अगाडि आकस्मिक मृत्यु भएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मृतकका परिवारलाई बिमा बापतको क्षतिपूर्ति रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
बिमा क्षतिपूर्ति बापतको २ लाख ७५ हजार रुपियाँ बराबरको चेक त्रियुगा नगरपालिका वडा न ४ का वडाअध्यक्ष बद्री बस्नेतको हातबाट मृतकका श्रीमान् सोनिक चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।  मृतकका श्रीमान् सोनिक चौधरीले बिमा बापतको क्षतिपूर्ति रकम पाउँदा आफ्नो परिवारको गुजारा चलाउन राहत मिल्ने भन्दै संस्थालाई धन्यवाद दिनुभयो । त्यस्तै वडा अध्यक्ष बस्नेतले संस्थाले नाफा मुखि नभई सदस्यको दुखमा साथ दिएकोमा खुसि व्यक्त गर्दै आगामि दिनमा समेत यस्तै राम्रा कामहरु गर्न र वितिय सचेतना बडाउन आग्रह समेत गर्नु भएको थियो ।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *