Site icon Our Belaka

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा नरहरी फुएल सचिवमा टंक अधिकारि उपसचिवमा सरिता राई र उपसचिवमा मेषण राइ चयन गरेको छ। बेलका नगरपालिकाको ७५ कमिटी सदस्यीय बनेको एमालेले जनाएको छ।

अध्यक्ष राई लामो समयदेखि पत्रकारिता तथा सामुदायिक वन उपभोक्ता महासंघ तथा ,शिक्षाको बिकासको लागि सामुदायिक क्षेत्रमा सक्रिय थिए। उनी अनेरास्ववियु ,युवा संघ ,प्रेस चौतारी मा राजनीतिमा कृयाशिल थिए ।२०७० साल देखि पत्रकारिता क्षेत्रमा सक्रिय भएका थिए।
नेकपा एमालेको बेलकाको उपसचिव तथा सचिव समेतको भुमिकामा काम गरेको अनुभव राईमा छ।
अध्यक्षमा राई सर्वसहमत अध्यक्षमा चुनिय भने अन्य पदमा चुनाब भएको हो।
अध्यक्षमा निर्वाचित पछी राईले पार्टीलाई एकढिक्का भयर बेलकाको पहिलो पार्टी बनाउने जनतामुखी बनाउने जनताको हरेक दुख सुखमा सगै रहने र आगामी चुनावमा सबै पदमा चुनाव जित्ने गरि लाग्ने बताय राईले।

Exit mobile version