OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

नेपालका विवेकले यूएईमा सञ्चालन गरेको ‘राफ्फे’ ब्रान्ड नेपालमा आउँदै

आवर बेलका by आवर बेलका
July 29, 2024
in समाचार
नेपालका विवेकले यूएईमा सञ्चालन गरेको ‘राफ्फे’ ब्रान्ड नेपालमा आउँदै
334
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि साखा बिस्तार गर्दैछ।

अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई महिनाभित्र नेपाल भित्रिने तयारी गरेको बताएको छ।

त्यसो त नेपालमा थुप्रै मल्टिनेशनल कम्पनीहरू नआएका होइनन्। तर, ती कम्पनीहरू यहाँबाट नाफा कमाउन नसकेको भन्दै केही समयमै फर्किने गरेका छन्। तर, राफ्फे भने आएपछि नफर्किने एमडी सैलेन्द्र झा बताउँछन्।

‘हामी विश्वका ७ मुलुकमा छौं। अझै विस्तार गर्ने सोचमा छौं। तर, कुनै पनि मुलुलमा गएपछि त्यहाँबाट फिर्ता भएका छैनौं, उनले भने।

उनले नेपालमा २ वर्षभित्र सय जना नेपालीलाई रोजगारी दिनेगरी नेपाल भित्रिन लागेको दाबी गरे।

उनले भने, ‘२ वर्षमा कम्तिमा सय नेपालीलाई रोजगारी दिन्छौं। नेपाल शाखाको नेतृत्व पनि नेपालीले नै गर्नुहुन्छ।’

कम्पनीको यूएईमा रहेको मुख्य कार्यालयमा पनि २० जना बढी नेपालीले काम गरिरहेका छन्। जहाँ ७ अलगअलग राष्ट्रका नागरिकले काम गर्छन्।

उनले अन्य विदेशी कम्पनी र लगानीकर्तालाई पनि नेपाल आउन आग्रह गरे। नेपालमा लगानी गर्ने माहोल रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने उनको तर्क छ।

नेपालमा मोबाइल खरिद गर्ने बजार पनि उत्कृष्ट छ। त्यसैले पनि नेपाली बजारमा यो कम्पनी आउन चाहेको बताइएको छ।

‘नेपालीहरूमा खरिद क्षमता धेरै छ तर, गुणस्तरीय सामाग्री पाइरहेका छैनन्। त्यही आवश्यकतालाई पूरा गर्न हामी आएका हौं’, उनले भने।

नेपालमा आएपछि पनि यहाँ रहेर व्यापारमात्र नभई सामाजिक उत्तरदायित्व पनि पूरा गर्ने कम्पनीको उदेश्य छ।

‘कर्पोरेट हाउसको सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रतिशत शेयर रकम सामाजिक कार्यमा छुट्याउँछौं। अरू देशमा पनि हामीले यही गरिराको छौं। राष्ट्रलाई कर तिर्नु त पर्छ नै’, एमडी झाले भने।

अमेरिका र कतारमा शाखा बिस्तार गर्ने अन्तिम तयारी रहेको उनको भनाइ छ।

यहाँ भएका सबै मल्टिनेशनल कम्पनीहरूलाई राफ्फेले प्रतिस्पर्धी मानेको छ।

नेपालमा आफूहरूको चुनौतीबारे बताउँदै एमडीले झाले भने, ‘यहाँका ग्राहकलाई कुन उत्पादन ठीक हो, कुन बेठीक हो भनेर छुट्याउने बनाउनु नै हाम्रो पहिलो चुनौती हो।’

तर, गुणस्तरमा सम्झौता नगर्ने उनको जिकिर छ।

‘हाम्रो लागि एउटै नीति छ, ग्राहक। अनि हाम्रो एउटै उदेश्य छ, ग्राहकलाई खुसी बनाउनु,’ उनले भने।

‘कतिसम्म भने हाम्रो डाटा केबल कतिपटक प्रयोग गर्दा बिग्रिन्छ भनेरसम्म ग्यारेन्टी गर्छौं, उनले थपे।

के हो राफ्फे?
राफ्फे एक मोबाइलजन्य उपकरण उत्पादन गर्ने कम्पनी हो। यसको मूख्यालय युएईको दुवै शहरमा छ। यो कम्पनी सन्२०२३ को फेब्रुअरीमा कम्पनी स्थापना भयो।

राफ्फे नामको ब्राण्ड सुरु गरेर विद्युतीय सामाग्रीको बिक्री वितरण गर्दै आएको कम्पनीले चीनको फ्याक्ट्रमा उत्पादन गर्दै आइरहेका छन्। यो ब्राण्डमार्फत कम्पनीले दुबईमा पावर बैंक, एडप्टर, डाटा केबल, स्पिकर, इयरफोन र एयरपड्स लगायतका वस्तु बिक्री वितरण गर्दै आइरहेको छ।

हाल यूएई भरका ९०० स्टोरमा आफ्नो उपस्थिति देखाइसकेको कम्पनीले जानकारी दिएको छ।

स्मार्टफोन, एप्पल, अमाजोन ब्राण्डका लागि नै वस्तु बिक्री वितरण गर्दै आइरहेको राफ्फेले भावी दिनमा आफ्नो व्यवसाय थप विस्तार गर्ने योजना बुनेको कम्पनीले जनाएको छ।

कसरी सुरू भयो राफ्फे?
झापाको दमकका विवेक सुवेदीले रोजगारीका लागि २०१६ मा यूएई पुगेर केही समयपछि स्थापना गरेको कम्पनी हो, राफ्फे।

‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरू गर्दै आएका सुवेदीसँग अहिले त गोल्डेन भिषाको समेत सुविधा छ।
यो कम्पनीले स्थापनाको वर्षमा १५ मिलियन दिरामको व्यापार गरेको जनाएको छ।

छोटो अवधिमा नै राफ्फे ब्राण्डका विद्युतीय सामाग्रीको व्यापार चम्कन थालेपछि भावी दिनमा थप विस्तारको योजना कम्पनीले बनाएको छ।

आफ्नो माटोमा पनि व्यवसाय विस्तार गर्ने योजनाअनुरूप उनले झापाको दमकमा ‘राफ्फे रेष्टुरेन्ट एण्ड लञ्ज’ सञ्चालनमा ल्याएका छन्। यति मात्र होइन, यसलाई नेपालभर फैलाउने उनको योजना रहेको छ।
सुरुको एक वर्षमा नै कम्पनीले ३० जनालाई रोजगारी दिएको छ।

राजधानी अबुधावीमा कर्पोरेट कार्यालयको स्थापना गरिसकेको राफ्फेले अबको दुई वर्षभित्र सिङ्गो यूएईसहित गल्फ कन्ट्रीमा नै व्यवसाय विस्तारको योजना बनाएको छ। कम्पनीले सन् २०२४ मा ५० मिलियन दिरामको व्यापार लक्ष्य बनाएको छ।
हालसम्म स्टोरबाटै बिक्री गर्दै आइरहेको यो ब्राण्डले भावी दिनमा अनलाइन व्यापारलाई समेत प्राथमिकता राख्ने बताइएको छ।

Tags: काठमाडौंमोबाइल
Previous Post

माओवादी केन्द्र निकट उदयपुर -काठमाडौं सम्पर्क समितिले गर्यो SEEमा पास भयका विद्यार्थीलाई सम्मान

Next Post

बेलकामा नेशनल लघुबित्तद्वारा १३ सदस्यलाई राहत बितरण

Related Posts

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
FEATURE

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

by आवर बेलका
June 16, 2025
झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर
FEATURE

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

by आवर बेलका
June 16, 2025
समाचार

बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

by आवर बेलका
June 14, 2025
समाचार

शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

by आवर बेलका
March 26, 2025
बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह
समाचार

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

by आवर बेलका
March 22, 2025
Next Post
बेलकामा नेशनल लघुबित्तद्वारा १३ सदस्यलाई राहत बितरण

बेलकामा नेशनल लघुबित्तद्वारा १३ सदस्यलाई राहत बितरण

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).