सुमन सागर
बेलकामा पनि मास्क वितरण गरिएको छ । कोरोना माहामारी बढे सँगै बजारमा मास्क विना हिड्ने सर्वसाधरणहरुलाई मास्क वितरण गरिएको हो ।
रामपुर ट्राफिक प्रहरीको सक्रियतामा मास्क वितरण कार्यक्रम भएको हो ।
बेलका नगरपालिकाको मुख्य चोकहरुमा सर्वसाधरणहरुलाई कोरोना सचेतनाको लागि मास्क वितरण कार्यक्रम गरिएको हो ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख तेज बहादुर दाहालको उपस्तिथिमा ट्राफिक प्रहरी ,उधोग बाणिज्य संघ बेलका नगरपालिका, स्थानीय व्यापारी लगायत विभिन्न संध संस्थाको उपस्तिथिमा बजारमा मास्क विना हिड्ने सर्वसाधरणहरुलाई मास्क वितरण गरी मास्क लगाएर हिड्न समेत आग्रह गरेको छ।
बेलकामा ट्राफिक प्रहरी दल बहादुर खत्रीको टोलीले सर्वसाधरणहरुलाई मास्क वितरण गर्दै फेरी देखि बाहिर हिड्दा मास्क अनिवार्य लगाउन समेत आग्रह गरे ।


