NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका वार्ड नम्बर -९ को सार्वजनिक सुनुवाई सम्पन्न

1 Mins read

उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं ९ को आ ब ०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम तथा ४ बर्षे प्रगती विवरण प्रस्तुतीकरण कार्यक्रम सोमाबार नगर सभाहलमा सम्पन्न भएको छ।

” उत्पादनमा समर्थन, पुर्वाधार प्रबर्द्धन” भन्ने मुल नाराका साथ आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा बेलका नगर प्रमुख प्रसासकिय अधिकृत अर्जुन निरौला, साथै स्थानिय राजनैतिक दलका प्रतिनिधी, टोल बिकास समितिका पदाअधिकारिको उपस्तिथिमा कार्यक्रम सम्पन्न्न भएको हो।

कार्यक्रमका सभा अध्यक्ष तथा वडा नं ९ का वडा अध्यक्ष मोहन प्रसाद घिमिरेले प्रगती प्रतिबेदन सार्वजनिक गर्दै ८३ लाख ८६ हजार वडामा बिनियोजित रकम बाट कोबिडका कारण ७४ लाख मात्र खर्च भएको बताए।
टोल बिकास घुम्ती कोष कार्यक्रम, कृषिमा आधुनिकीकरण तथा प्रबिधी मैत्री बनाउन टोल बिकास संस्थालाई कृषि औजार उपकरण बितरण , नस्ल सुधारका लागि बीउ बोका बितरण, एक वडा एक प्राबिधिक , बिधालय ब्याबस्थापन अन्तरगत विभिन्न बिधालयलाई सहयोग, वडा अध्यक्ष साना बिकास कार्यक्रम अन्तरगत सडक मर्मत ,खेल मैदान ब्याबस्थापन, होम पाइप खरिद तथा बितरण, नाली एजिङ्ग, सडक स्तर उन्नति , ग्राभेलिङ्ग, युवा तथा खेलकुद का लागि विभिन्न खेलकुदको आयोजना, रामपुर खानेपानीको लागि पाइप खरिद, बिधुत पोल खरिद , लघु उधमका लागि स्थानियलाई तालिम प्रदान गरि उपकरण बितरण , लगायत क्षेत्रको काम भएको बताएका छन।

बिनियोजित रकम र कार्यक्रमहरु वडाले ९८.८६ प्रतिसत काम सम्पन्न भएको वडा अध्यक्ष घिमिरेले दाबी गरेका छन।

कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापाले बेलका नगरपालिकाले लिएको विभिन्न नारालाई हातेमालो गरि अगाडि बढेका सम्पुर्ण वडा मध्ये ९ नं वडा पनि रहेकाले बेलका बासी जनताको सुरक्षा गर्ने कर्तव्य स्थानिय सरकारको भएकोले स्थानिय जनताको इच्छा बमोजिम बेलका नगरपालिकाले काम गर्दै आएको बताएका छन।
सडक, खानेपानी, भौतिक पुर्वधार, कृषिको आधुनिकीकरण , खानेपानीको ब्याबस्थापन , लगायतको क्षेत्रमा उल्लेखनीय काम भएको नगर प्रमुख थापाले बताए।
बेलका नगरपालिकाको गौरबको आयोजना फोहोर मैला ब्याबस्थापन केन्द्र ९ नं वडा मै रहेको साथै डिप बोरिङ्ग्को माध्यम बाट खानेपानी सिचाई भै रहेकाले बेलकाको बिकासमा सबै पक्षले हातेमालो गर्न समेत मेयर थापाले अपिल गरेका छन।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *