NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चौदन्डिगढी नगरपालिकाको आफ्नै भवन परराष्ट्रमन्त्री खडका द्वारा उद्घाटन

1 Mins read

चौदण्डिगढि नगरपालिका उदयपुरको सुविधा सम्पन्न भवन एक समारोहका विच उद्घाटन गरिएको छ । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले नवनिर्मित भवनको एक समारोहका विच रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
पुरानै भौतिक संरचनाकामा सिमित कोठाहरुमा रहेर नियमित कार्य संचालन गरिरहेको नगरपालिका अब भने सुविधा सम्पन्न भवनबाट दैनिक सेवा दिने भएको छ । भवन उद्घाटन समारोहमा प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की, लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो ।

करिब ५ करोड ३८ लाख लागतमा लिफ्ट सुविधा सहित निर्माण भएको भवन निर्माणको जिम्मा रामसागर विल्डर्स काठमाण्डौले लिएको थियो । लिफ्ट सहितको सरकारी संरचना उदयपुरमै पहिलो भएको चौदण्डिगढि नगरपालिकाले जनाएको छ । तीन तल्लाको भवनमा सेवाग्राहिहरुलाई सहजकताको लागि साथै अपाङगता मैत्री बनाउनका लागि पनि लिफ्ट सहितको भवन उद्घाटन गरिएको नगरपालिकाले जानकारी दिएको छ । भवन उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. नारायण खड्काले नव निर्मित भवनमा सबै जनताहरुको स्वामित्व र अपनत्व बोध हुनु पर्ने बताउनु भयो उहाँले जनतालाई सहज तरिकाबाट सेवा दिनका लागि सुविधा सम्पन्न भवन निर्माण भएकोले भवन जस्तै सेवा पनि विस्तार हुनेमा आफु ढक्क रहेको बताउनु भयो ।

त्यसैगरी १५ सया को आधारभूत अस्पताल सिलान्यास गर्नु भएको छ नेपाल सरकारका परराष्ट मन्त्री माननीय डा.नारायण खड्का त्यस्तै प्रदेश मन्त्री माननीय भौतिक तथा पूर्वधार मन्त्री हिमाल कार्किको हातबाट उदघाटन तथा सिलन्यास भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख रिता चौधरीले स्वागत तथा नगर प्रमुख खगेन्द्र राईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *