NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

रामपुरमा अटो र जिप ठोक्किदा : एकको मृत्यु, तीन घाइते 

1 Mins read

रामपुर मा अटो र जिप ठोक्किए : एकको मृत्यु, तीन घाइते 
जिप र अटो ठोक्किएर घाइते भएका चोपबहादुर ढेंगाको उपचारका क्रममा शनिबार निधन भएको छ । रामपुर नगरपालिका–५, सानी अमराईमा भएको दुर्घटनाका घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको सानीअमराईमा भएको दुर्घटनामा अटो चालक ढेंगा घाइते भएका हुन् । उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपछि तानसेनको मिसन अस्पताल ल्याइएको प्रहरी नायव उपरीक्षाक तथा सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।

रामपुरको बेझाँड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाँड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको पजप ठोक्किएको हो । दुर्घटनामा रामपुर नगरपालिका–३, ओइरेघाटका ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकै छोरी १० वर्षीया अञ्जली थापा क्षेत्री र १२ वर्षीया पुष्पा थापा क्षेत्री घाइते भएका हुन् ।

सुरेन्द्र र अन्जलीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *