NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

गाजा सहित २ महिला पक्राउ

1 Mins read

मोरङ /प्रहरीले विराटनगरबाट साढे पाँच किलो गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रदेश-१ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले दुई महिलालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई छन् । उनीहरुको साथबाट पाँच किलो सात सय ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।कञ्चनबारी चौकमा टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको थियो ।पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा गाजाँ भेटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए । दुवै जनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको उनले बताए ।उनीहरुले गाँजा कहाँसम्म लिएर गएका हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *