बेलका/ बेलका नगरपालिका वार्ड न ४ मा संचालित आचर्य कृषि फमका ३ मजदुरलाई जनही १ हजारको दरले अध्यक्ष दिपक दङ्गाल द्वारा आफुले पाएको पारिश्रमिकबापत दिएका हुन! नेपाल सरकारले दिएको रकम आफू मजदुरबाट नेता भएको हुदा र आफ्नो पार्टी मजदुरको हक हितको लागि लड्ने ,बोल्ने हुदा दिएको बताय! केही समय अगाडि बेलका -२ का बेलका एकीकृत पसु तथा कृषि फमका ५ मजदुरलाई जनही १ हजारको दरले दिइसकेका हुन!
आचर्य कृषि फममा काम गर्ने बेलका -४ का मजदुरलाई दिएपछि मजदुर खुसि भएको छ्न !उक्त फममा केही समय अगाडि सम्म ४ जना मजदुर काम गर्थे भने हाल नियमीत २ जनाले गरिरहेको बताय संचालक किरण आचर्यले !
केन्द्रिय साम्सदहरुले कसैले कोरोना कोषमा दिए भने कसैले बिरामीलाइ सहयोग गरे !तर स्थानीय स्तरमा चाडपर्व बापत पाएको रकम अरुलाइ सहयोग गर्नेमा युवा नेता तथा वार्ड अध्यक्ष पहिलो नम्बरमा छ्न !केही न केही सिर्जनात्मक काम गर्ने दङ्गालले विभिन्न समयमा सुकुम्बासी ,गरिब हरुलाइ सहयोग गर्दै आइरहेको छ्न दङ्गालले !


