बेलका/ उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न ६ मा पर्ने घिमिरेटारमा यति बेला चहलपहल ह्वात्तै बढेको छ ।
समयक्रमअनुसार समय बद्लिरहेको छ ,उदयपुरको पुर्वी नगरपालिका बेलका नगरपालिका पर्यटकिय दृस्ठिकोणले सम्भावनानै सम्भावना भएको ठाउँ हो यहा एतिहासिक तथा पौराणिक ठाउँ पर्छ्न ,बेलका राजारानी,मैनाराजा मैनिरानी ,रङमहल दरबार,महान्काली देबि, कोसिटप्पु क्षेत्र ,भवरादेबी मन्दिर,मुर्तिखोलातिर, रामपुर बजार ,पुवारेथुम्का,बगुवातरी,लगायत अन्य धेरै ठाउँ भएको स्थान बेलका हो ।
बेलका भित्रै पर्ने युवायुवतीहरुको रोजाइमा परेको छ घिमिरेटार ,बेलका -६ मा पर्ने यश ठाउ रामपुर बजारबाट ९/१० किलोमीटर उत्तरमा पर्छ जहाँ बाट रामपुर तथा भारतका केही स्थान देखिन्छ भने चिसो मौसम ,भेडेटारकै जस्तो मौसम भएको हुदा घिमिरेटारमा धेरै आन्तरिक रूपमा विभिन्न ब्याक्तीहरु आउन थालेको छ्न !त्यसैमा कोरोनाले गर्दा घरमा बसिरहेको पिडालाइ समेत भुल्न बेलका बासी तथा अन्यठाउका मानिसको पहिलो रोजाइ घिमिरेटार पर्ने गरेको छ ।
ठुलो टार,सुन्दर वातावरण ,चराचुरुङ्गीको मनोरम धुन,मिलेका घर ,एकान्तमा पर्ने ठाउँ साच्चै पनि जो कोहिको मन लोभ्याउने गरेको छ । रामपुर बजार बाट भोजपुर जाने बाटोको बिचभागमा पर्ने यश ठाउ सयौ बर्ष अगाडि खोटाङबाट घिमिरेहरु आएर बसोबास गरिएको र रामपुरमा औलो लाग्ने हुदा चिसो मौसम खोजिगर्दा घिमिरेटार भेटिएको र त्यहा घिमिरेहरु बसोबास गरिएको बताय ज्योतिषी नन्दलाल घिमिरेले ।
घिमिरेटारमा जन्मिएर हाल क्यानडामा रहेका हरि घिमिरे यश ठाउँ पर्यटकको लागि केन्द्रबिन्दु भएको हुदा सार्है हर्सित भएको बताय।
बेलका नगरपालिकाले पर्यटन बर्ष मनाउने निर्णय सगै घिमिरेटार चर्चामा आएको हो यश ठाउँ बाट नेपालकै लामो सुरुङ गुफा,टन्केला गुफा यहि ठाउँ भएर जाने हुदा यश ठाउको महत्त्व बढेको बताउ उक्त वार्ड्का युवा नेता ,समाजसेवि हिराजङ राइले ।
धेरै समयसम्म बसोबास गरेर यत्र तत्र छरिएर बसेका घिमिरेहरु आफ्नो पुर्खौली ठाउमा चहलपहल बढेकोमा खुसी भएकी छिन सुनसरी रामधुनि झुम्का निवासी गिता घिमिरे ।
दशैमा मात्र सयौको संख्यामा घिमिरेटार हेर्न आएको बताय स्थानीय लोकेन्द्र राइले ।
रामपुर बजारबाट उत्तर जादैगर्दा बाटोमा चिडियाखाना हुँदै बरबोटे पछि घिमिरेटार आउँछ ।यश ठाउको प्रबर्द्धनको लागि स्थानीय सरकारले काम गरिरहेको छ भने सामाजिक सन्जालमा घिमिरेटार यति बेला सबैको रोजाइमा पर्ने गरेको छ ।


