NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

प्रतिकिलो दस लाख पर्ने केशरको व्यवसायिक उत्पादन सुरु

1 Mins read

इलाम/ इलाममा विश्वकै महँगो फूलका रूपमा परिचित केशरको व्यवसायिक उत्पादन शुरु भएको छ । इलामको माईजोगमाई गाउँपालिकामा केशरको व्यवसायिक उत्पादन सुरु भएको हो । औषधीय गुण भएको र प्रतिकिलो १० लाखसम्म पर्ने केशरको विगत वर्ष जोगमाइमा परीक्षण उत्पादन भएको थियो । बहुवर्षे वनस्पतिका रूपमा चिनिएको केशरको यस वर्ष सामूहिक खेती गरीे व्यावसायिक उत्पादन थालिएको हो ।विगत वर्षमा उत्पादन भएको केशर स्थानीयस्तरमा नै बिक्री भइसकेको केशर उत्पादक किसान टुण्डु शेर्पाले बताए । उच्च मूल्यको जडीबुटी केशरको परीक्षण उत्पादनपश्चात् दोस्रो वर्ष इलाममा यसको टिपाइ सुरु भइसकेको छ । यतिबेला किसान केशर टिप्न व्यस्त छन् ।जौवारी मल्टीप्रपोज एग्रिकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले माईजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रूपमा केशरको खेती सुरु गरी विस्तार गरेको छ । उच्च मूल्यको जडीबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरू ढुक्क छन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *