NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

मैनामैनिमा बिजुलि बत्ती पुग्यो स्थानीय खुसिले गदगद

1 Mins read

बेलका/ उदयपुरको सुदुर पुर्व अथवा बेलका वार्ड न-७ मैनामैनिमा मुलगाउमा बिजुली बत्ती बलेको हो ।
मिति २०६९ चैत मसान्तमा ठोक्सिला उर्जा तथा ग्रामीण बिधुतिकरण बाट बेलका वार्ड न-५ सिखरमाडिमा बत्ती बलेको ८ बर्ष पछि बेलकाको सबै ९ वटै वार्डमा बिजुली पुगेको हो।
बेलकाको १,२ वार्ड केन्द्रिय प्रशारण लाइन बाट बिधुत पुगे पनि बाकी वार्डमा ठोक्सिला उर्जा तथा ग्रामीण बिधुतिकरण बाट बत्ती बलेको हो ।
तिहारको पुर्व सन्ध्यामा बेलका नगरपालिकाको बाकी रहेको मैनामैनी मुलगाउमा कठोर प्रयासका साथ बिजुली पुर्याइएको हो ।बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापा, उपप्रमुख राजकुमारी चौधरी ,ठोक्सिला बिधुतका अध्यक्ष धनपती आचर्य, सचीव रमण भट्टराई सदस्य तथा बेलका नेकपा अध्यक्ष मनोज तामाङ , सचीव गणेश बस्नेत ,नेकपा नेता उदय अधिकारी,वार्ड अध्यक्ष तथा बिधुत सदस्य दिपक दङ्गाल, वार्ड न ७ का अध्यक्ष सुरेन्द्र राई,सदस्य तारा राई ,अनेरास्वविू केन्द्रिय सदस्य भरत घिमिरे ,प्रेस सम्योजक ललित राई ,पत्रकार सुमन खतिवडा ,स्थानीय नेता निरु राई ,मेसन राई लगायत स्थानीय बासिन्दाको उपस्थितमा बेलका -७ मैनामैनिमा मुलगाउमा उपस्थित थियो ।
नगरप्रमुख थापाले स्विच थिचेर बत्तिको उद्घाटन गरेका थिय भने आफ्नो भ्नाइ राख्दै चुनावको घोषणा पत्रमा भयबमोजिम मैनामैनिमा बत्ति बलेको बताय भने छिटै अन्य ठाउँमा पनि बिजुली पुर्याइने बताय ।त्यसैगरि अध्यक्ष आचर्यले मैनामैनीमा बत्ती बलेपछी आफ्नो बेलकाभरी बत्ति बालिएकोमा आफू सहित सिङ्गो कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका थिए । सचीव रमण भट्टराईले मैनामैनी लगायत बेलकामा बत्ती बलेको र आफू खुसी भएको साथै धेरै दुख गरेबापत मैनामैनी मुलगाउमा बत्ती बालिएको बताय र छिटै बेलका लगायत मैनामैनिको सबैठाउँ छिटो भन्दा छिटो बत्ती पुर्याइने अबगत पारेका थिए । वार्ड अध्यक्ष सुरेन्द्र राइले स्थानीय चुनावको घोषणा पत्रमा र बेलकाको सबै वार्ड मैनामैनी बाहेक ठाउँ बत्ति/ बिजुली पुगेको तर ७ नम्बर सधै पछाडी परेको हुदा धेरै दुखका साथ मुलगाउमा बिजुली बाल्न सकिएको र अन्य ठाउँमा समेत बत्ती बालिने र अन्य बिकासका काम समेत अगाडि बढिरहेको हुदा स्थानीय उपस्थित जनतालाइ बिकास अब नरोकिने बताय।
भर्खरै पनि बेलकाको कोसिटप्पु क्षेत्रमा बिजुली बालिएको थियो ।
मैनामैनी आफैमा एक एतिहासिक तथा पौराणिक ठाउ हो मैनाराजा मैनारानी,मन्दीर यहाको विशेषता हो भने यश ठाउ हेर्न सयौको संख्यामा विभिन्न ठाउबाट मानिस आउने गरेका छ्न ,गडएन्जल पनि यहि ठाउको भएको हुदा प्रेमबाद धर्ममान्न्ने हजारौ दर्शनाभिलासी यश ठाउ घुम्न हेर्न आउने गरेका छ्न ,कोसिपुल बाट भोजपुर जोड्ने नजिकको सडक यहि बाटो हुँदै भोजपुर सम्मे जाने हुदा यश ठाउका हजारौं जनता खुसी भएको छ्न।
पारिपटी बराहक्षेत्र मन्दीर आसपासमा बर्षौअगाडी देखि बत्ती ,बिजुली पुगेपनी मैनामैनी बासी हालसम्म अँध्यारो मै बस्न बाध्य थिय,बत्तिको बिकल्पको रूपमा सोलार लाउदै उज्यालो सग अगाडि बढिरहेका थिए , मैनामैनिमा बत्ती बल्दा देश तथा बिदेशमा रहने प्राय धेरै ब्याक्तीहरु खुसी भएको छ्न किनकी एहा बिजुली बत्ती बल्न एकादेशको कथा जस्तै भएको थियो आज बाट उज्यालो छाएको आफू हर्शले खुसि भएको बताय मेसन राइले।यो सगै बेलका अब अध्यारोमुक्त भएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *