थारु कला सस्कृतिको पहिचान थारु सङ्ग्रहलायको सान
बेलका/ मंसिर १३ बेलका नगरपालिका वार्ड न २ बेल्हामा रहेको बेलका नगरपालिका स्तरिय थारु संग्रहालयकको उद्घाटन गरिएको छ् ।
१ नम्बर प्रदेशका माननीय उद्योग ,पर्यटन ,बन तथा कृषि राज्यमन्त्री बिजय बिश्वासको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो कार्यक्रम नगरपालिका स्तरीय थारु उत्थान बिकास मञ्चका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षमा १ नम्बर प्रदेशका माननीय बिमल कार्की,अम्बिका थापा, सुनिता चौधरी ,मेयर बलदेब चौधरी (त्रियुगा),दुर्गा कुमार थापा(बेलका) ,उत्तम गौतम(सप्तकोसी ) लगायत विभिन्न सामाजिक ब्याक्तीहरुको उपस्थितिमा उद्घाटन भएको हो । २०७२ को संविधान बने सगै देशैभरी आफ्नो जात बर्गको मुक्ति सगै आफ्नो अधिकार प्राप्तिको लडाइ देशै भरि आन्दोलन छाएको थियो आफुलाइ भुमी पुत्र बताउने थारु समुदाय बर्गिय हिसाबमा हेपिदै आएको राज्यको हरेक अङ्गमा जातको आधारमा समान अधिकार माग्दै सयौ दिन देशैभरी आन्दोलन भएको हो ।त्यसको अनुरुप
आफ्नो परम्परागत रुपमा मानदै आएको रितिरिवाज ,चालन चलन ,भाषा, धर्म,लगायत कुराको सर्क्षणको लागि नगरपालिका स्तरिय थारु सङ्ग्रहलायको स्थापना भएको बताए स्थानीय नन्दी चौधरीले ।
थारु हरुले आफुले प्रयोगर्ने विभिन्न सर समान संग्रहालयमा हेर्न पाइन्छ।
थारुले चलाउने स्थानीय सामग्री पहिरन
दोरि,खौरका,धोती,लङ्गोटी,कुरता, घाइर,तोरा,बटुवा ,
थारु गहना
नाथिया, हौसली,बरहरी,पायल,करा,हुदु
झुला,चकमैक,राखैबला,खरम,बदहा,
बगिया,तेल्पौर रोटि, झुना सितवा,काखोर, घोङही, डोका, कन्ती, चुइला, काखोर
खकारी भकारी, नगरबला, हुक्का, हुक्का, चिलम,
चुगला ,समा सामिन, भमरा, बिरदाबोनी, तमाचौर नापैवला, लालटेम,
मना झुनझुला, खोङी
मसाल दोछिया चुइला, डला, बिरा, किया, वेना तरबार, सिन्दुर दान ,टपा जाल ,डेलि ,चौकी, छाटिजाल थोक्री , धिमैर, तृपसा, कौरी, जहर मोहरा, ठेकुवा, खबौनी, चकला, बेलना, टेरुवा पसैट, ढ्ककु, खटिया,
जात, लोरही सिलौठ, ओखरी मुसरा, बरद, जाबी, हरूवा, हर, कलौआलि मोइर, पुल्टी,
यश सङ्ग्राहलय निर्माण गर्न सुरुवाती दिनमा गाउलेहरुले ३६ हजार उठाइसके पछि सबैको ध्यान थारु संग्रहालय बनाउन परेको बताय हरिनारायण चौधरीले
पुर्व माननीय शान्ती देबि चौधरीको ५० हजार सहयोग बाट सुरु भएको सहरि बिकास कार्यलय बाट १ लाख त्यसैगरी वार्ड न २ बाट १ लाख ५० हजार ,नगर स्तरिय थारु उत्थान मञ्चबाट दुइपटक गरि ९ लाख प्रदेस सदस्य बिमल कार्की बाट ४ लाख ९३ हजार ,बेलका पर्यटन बिकास बाट ५० हजार सहयोग १/२ वार्डबाट र मध्यवर्ती क्षेत्रबाट समेत सहयोग भएको बताय स्थानीय युवा कृष्णमान चौधरीले
कार्यक्रममा जग्गा दाता मिश्रीकान्त चौधरीलाई प्रमुख अतिथि बिश्वासबाट सम्मान गरिएको हो , कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्रीले कृषि ,पर्यटन जात जाती धर्मलाई प्रदेशसरकारले समान धारणाले हेरेको र सधैव हेर्न छ भन्न्ने भनाइ राखेको र प्रदेश सरकारले सहयोग गर्ने बताय ।


