NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

जनस्तर बाटै बन्दैछ प्रहरी चौकी

1 Mins read

सुमन सागर / बेलका
भनिन्छ मन मिले सबै थोक गर्ने हिम्मत र सहास जुट्छ। अझ युवा बर्गमा त झन असम्भव भन्ने केही हुदैन , आफ्नो समाज गाउँ ठाउँ सम्मुनत र बिकसित बनाउन युवा बर्गको नेतृत्व र एकता भयो भने असम्भव केही कुरामा पनि छैन ।
यस्तै उदाहरणको रुपमा बेलका नगरपालिका वडा नं ८ कोठुमा जनस्तर बाट निर्माण भै रहेको कोठु प्रहरी चौकी लाई लिन सकिन्छ।
देश संघीयतामा गए सङै स्थानिय सरकार निर्माण भयो ! अधिकार सम्पन्न स्थानिय सरकार बाट जनताको अपेक्षा अनुरुप कति काम भए र कति हुँदै छन । बि स ०६४ साल देखि भाडाको घरमा बसेर प्रहरी चौकी सन्चालन हुँदै थियो। शान्ति सुरक्षाको प्रत्याभूत स्थानिय बासिन्दालाई गराउन र जनताको सुरक्षाको लागि भाडामा बसेको प्रहरी चौकिको भाडा १० बर्ष सम्म जनस्तर बाटै तिरियो।
कति भाडामा मात्रै राख्नु , अब ब्याबस्थित भबन निर्माण गरि चौकिलाई ब्याबस्थापन गर्ने उदेश्यले स्थानिय व्यावसायी राज बान्तावाको अध्यक्षतामा १९ सदस्य चौकी निर्माण समिती निर्माण गरियो ।
स्थानिय धनराज दाहलले ५ कठ्ठा जग्गा उपलब्ध गराए र जनस्तर बाटै निर्माण गर्ने निर्णय अनुरुप निर्माण कार्य शुरु गरिएको समितिका अध्यक्ष राज बान्तावाले बताए। सरकारलाई सहयोग हुन्छ र नागरिकको दायित्व पनि हो ।उनले भने, मदन भन्डारी लोक मार्ग अन्तर्गर चतरा रामपुर सडक खण्डको कोशि पुल नजिक कोठुमा बन्न लागेको चौकी आधुनिक किसिमको बन्ने छ। प्रहरी ब्यारेक, हिरासत , महिला तथा बालबालिका हिरासत ,शौचालय र आबसेक कोठा अनुरुप पक्की संरचना निर्माण भै रहेको अध्यक्ष बान्तावाले बताए।

स्थानीयस्तर बाटै निर्माण शुरु गरिएको चौकी निर्माणमा स्थानियले आर्थिक सहयोग गरेका छन अहिले सम्म ४ लाख संकलन भयो, र हुने क्रम जारी रहेको समितिका सचिब बाल कुमार राईले बताए। राईका अनुसार सहयोगिले आबस्यक स्रोत साधन पनि उपलब्ध गराउनु भएको छ सोही अनुरुप समयमै काम सिध्याउनेमा हामी ढुक्क छौँ ।
जन श्रम दान गर्दै रकम सङ्कलन गर्दै निर्माण गरिरहेका छौँ ,एउटा उदाहरणीय काम होस भन्ने मनशायले शुरु गरिएको स्थानिय समाजसेवी गणेश राईले बताए।
जग्गादाता अलवा स्थानीय राज बानत्वा, वडा नं ४ का वडा अध्यक्ष दिपक दंगाल, व्यावसायी नदि राई, वडा नं ७ का वडा अध्यक्ष सुरेन्द्र राई, बराहक्षेत्र वडा नं ५ का वडा अध्यक्ष राजु अधिकारी, मणि राई लगायतले नगद तथा जिन्सी सामाग्री प्रदान गरेका छन।

ईट्टा, सिमेन्ट ,बालुवा निर्माण सामाग्री र नगद समेत लियर निर्माण थालेका छौँ ,एउटा सामाजिक र पुन्यको काम शुरु गरेका छौं , यहाँहरु सबै बाट सहयोगको अपेक्षा राखेका छौ।
२५ सय भन्दा माथी सहयोग गर्नेको शिलालेखमा नाम राख्ने निर्णय रहेको निर्माण समितिका सचिब बाल कुमार राईले बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *