NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बिद्यार्थीहरुको अगुवाइमा निर्माण हुँदै सरस्वती मन्दिर

1 Mins read

एकता खबर सम्बादाता / बेलका
बेलका जनता क्याम्पसमा बिद्यार्थीको अगुवाइमा जन स्तर बाट निर्माण गर्ने उदेश्यले सरस्वती मन्दिरको सिलन्यास गरिएको छ।
सोमबार एक औपचारिक कार्यक्रमका बिच बेलका जनता क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष रमण भट्टराईको प्रमुख आतिथ्यतामा सिलन्यास कार्यक्रम सम्पन्न भएको छ।

मन्दिर निर्माण समितिका संयोजक सुमन सागर खतिवडाले सामाजिक क्षेत्रमा समेत हामी बिद्यार्थीले विभिन्न काम गर्दै आएका छौ, प्रथम बर्षमा अध्यन गर्दा देखि नै हामिले बिद्यार्थी बाट पैसा संकलन गर्दै आएका थियौं , सरस्वती पुजामा उद्घाटन गर्ने उदेश्यले काम सुचारु गरेको बताएका छन।

सिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमन भट्टराईले क्याम्पस जस्तो पबित्र स्थानमा बिद्यार्थी कै अगुवाइमा मन्दिर निमार्ण हुनु स्वागतयोग्य रहेको बताए। बेलका नगर को एकमात्र क्यामस भएकाले यसको बिकास र बहुमुखी क्याम्पस बनाउन लागि परेका छौँ, अहिले बिधालय सुधारको काम हुँदै छ ५ बर्ष पछि यसको नतिजा गुणात्मक रुपमा बिकास हुन्छ,क्यापसमा दिगो बिकासको आवस्यकता परेको छ, भट्टराईले भने आफू आफ्नो ठाउँ बाट सबै लागि परे शैक्षिक गतिविधिमा नमुना बन्न सकिने बताए।
गरिब , असहाय , जेहेन्दार बिद्यार्थीको लागि आफ्नो तर्फ बाट ५० हजार बराबरको बिद्यार्थी छात्रवृत्ति कोषको स्थापना गर्न सहयोग गर्ने र पुस्तकालय स्थापनाको लागि १० हजार सहयोग गर्ने बताए।यो सुरुवात हो यसलाई बिकसित गर्दै लानेमा आफू प्रतिबद्ध रहेको समेत भट्टराईले बताएका छन ।

मल्टिपल क्याम्पसको रुपमा बिकास गर्न आफू लागि परेको बताउदै बिद्यार्थीको अगुवाइमा बन्ने सरस्वती मन्दिरलाई आफू पुर्ण सहयोग गर्ने बेलका नगर पालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगालले बताए। २० बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्दै अध्यक्ष दंगालले भवन निर्माण देखि क्याम्पस स्थापना सम्म आफ्नु ठाउ बाट लागि परेको छु, नगरमा संरचना साथै क्याम्पसको बिकास हुदा आफुलाई गौरव लाग्ने बताएका छन।
अबको समय प्रबिधी मैत्री भएकाले शैक्षिक गुणस्तर लाई प्रबिधी संङै लानु पर्नेमा समेत अध्यक्ष दंगालले जोड दिएका छन।

शैक्षिक गतिविधि देखि सामाजिक क्षेत्रमा समेत विभिन्न काम गर्दै आएको बेलका जनता क्याम्पसका बिद्यार्थीको मन्दिर बनाउने कदम स्वागतयोग्य रहेको बेलका नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन प्रसाद घिमिरेले बताए।
आफ्नो ठाउलाई माया गर्दै संरचना निर्माण गर्न लागेकोमा आफुले गर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष घिमिरेले बताए।

क्याम्पसको शैक्षिक सुधार, गुणस्तरीय शिक्षा , विभिन्न संकाय थप्ने कुरामा लागि पर्न समितिका पदाअधिकारिलाई उपस्तिथ अतिथिले आग्रह गरेका छन।

कार्यक्रममा बेलका नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगाल, ९ का वडा अध्यक्ष मोहन प्रसाद घिमिरे,बरपिपल मा बि रामपुरका ब्याबस्थापन समिती अध्यक्ष भरत घिमिरे,संचालक समिती सद्स्य धनपती आचार्य,क्याम्पस प्रमुख सुमन कुमार कट्वाल प्राइम टेलिभिजन १ नं प्रदेश ब्यूरो प्रमुख बिकल रेग्मी, लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *