सुमन सागर /बेलका
बेलका नगरपालिका वडा नं ८ कोठु बाट सडक शुसासन र दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना बुधबार एक औपचारिक कार्यक्रमका बिच शुरु गरिएको छ।
बैकल्पिक सडकको रुपमा रहेको मदन भण्डारी राजमार्गमा हुने गरेको सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले ठाउँ ठाउँमा जनचेतनामूलक सन्देश सहितको फलामे ब्यारिकेट राख्ने क्रममा कोठु र सोमबारेमा बुधबार ब्यारिकेट राखेर कार्यक्रम लाई शुरु गरिएको छ।
औपचारिक कार्यक्रम लाई सम्बोधन गर्दै बेलका नगर उप प्रमुख राज कुमारी चौधरीले सडक दुर्घटना न्यूनीकरण गर्न बिधालय स्तर बाटै जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने बताइन । बेलका नगरपालिका र इलाका प्रहरिको साझेदारीमा विभिन्न कार्यक्रम गर्दै आएका छौ सडक सुरक्षाका लागि सडक बत्ती , सिसि क्यामारा जडानको काम गर्दै छौँ , फलामे ब्यारिकेट सडकमा मापदण्ड पुर्याएर राख्ने काम स्वागतयोग्य रहेको बताइन् ।
बेलका नगरपालिकाको पश्चिम् नाका आम्बासी देखि पुर्वको सिमाना कोशिपुल सम्म सडक मापदण्ड पुर्याएर दुर्घटना सम्भाबित क्षेत्रमा विभिन्न सचेतनामुलक ब्यानर, पम्पलेट , ब्यारिकेट ,ट्राफिक नियम सम्बन्धी सचेतना बोर्ड राख्ने काम भै रहेको छ , बिधालय स्तर देखि नै सडक सचेतना कार्यक्रम गर्न बिधालय सङ्ग समन्वय भै रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेज दाहालले बताए।
हामी लागु औषध दुर्ब्यसन , बालबिवाहा लगायतका बिकृतीहरु लाई नियन्त्रण गर्ने उदेश्यले विभिन्न कार्यक्रम गर्दै छौ, दाहालले भने बेलका नगरपालिकालाई शुसासन र शान्ति सुरक्षामा प्रहरिले गर्न सक्ने सबै कदम चाल्ने बताए।
कार्यक्रममा स्थानीय बुद्धिजीवी , समाजसेवी , सवारी चालक, लगायतको उपस्थिति रहेको थियो।


