NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा उपभोक्ता ठ्ग्दै व्यापारी

1 Mins read

आवर बेलका/ विश्वभर फैलिएको कोरोना भाइरसलाई कारण देखाएर व्यवसायीले बजारमा कृत्रिम अभाव गराउँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । बजार मूल्य अस्वाभाविक रूपमा बढ्दा त्यसको प्रत्यक्ष असर बेलका नगरपालिकाका विभिन्न ठाउका उपभोक्ताहरुमा परेको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, ठगी नियन्त्रण गर्नका लागि सरकारी तवर तथा स्थानीय तहबाट प्रभावकारी ढंगले बजार अनुगमन नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो छ । पछिल्लो समय खाद्यान्न, तरकारी,तेल,मध्पान,गरगहना , पानीलगायतका अन्य दैनिक उपभोग्य वस्तुमा व्यवसायीले मनपरि ढंगले मूल्य बढाएका छन् । बजारमा म्याद नाघेका, लेबल नभएका, उपभोग्य मिति सकिएका सामान खुलेआम बिक्री भइरहेका छन् । लकडाउनका बेला म्याद नाघेका सामानमा रि–लेबलिङ गरेर बजारमा पठाउने गरिएको छ । जसले गर्दा उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नगरी उन्मुक्ति पाउने हुन् कि भन्ने आशंका छ । दसैंतिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सहुलियत दिनका लागि उदयपुर जिल्ला गाइघाट जिल्लाका अन्य बजारमा सुपथ मूल्य पसल सञ्चालन भइरहेका थिए र सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको पनि हो । चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढी हुँदा उपभोक्ता ठगी पनि बढेको छ । बजारमा हुनसक्ने कालोबजारी, कृत्रिम ठगी, मिसावट नियन्त्रण गर्नका लागि बजार अनुगमनको काम, समग्र बजार व्यवस्थित र मर्यादित बनाई उपभोक्ता हकहित सुरक्षित राख्नका लागि भएको पहल, अहिलेको बजारको अवस्था तथा उपभोक्ता ठगी नियन्त्रण गर्न गरिएका प्रयासलगायत केही हदसम्म राम्रो भयपनी प्रभाबकारी वन्न सकेको छैन ।
रामपुर बजार, लालबजार, कोसिपुल , भागलपुर ,लगायत अन्य ठाउका बजार तथा पसलहरुमा आवश्यकता अनुसार अनुगमन नहुदा उपभोक्ता ठगिन बाध्य छ्न ।ब्यानरमा एउटा बेचबिखन गर्ने एउटा ,कपडा पसलमा सुनको व्यापार ,परम्परागत किलोतराजु ,चटपटे पसलमा अखाद्य बस्तु,जेरिपुरिमा अखाद्य ,हार्डबेयरको सामग्रीको आफ्नै खुसिको नियम ,मोटरसाइकल ग्यारेज,लगायत अन्य धेरै पसलहरुले आफ्नै खुसिमा नियम र मोल गर्दा उपभोक्ता मारमा परेको छ्न ।
इटा ब्यबसायिको प्रतिस्पर्धात्मक इटा किनबेच मनखुसी कमसल इटा बिक्रीले घर निर्माणमा उपभोक्ता कष्टपुर्ण रूपमा रहेको छ्न यस्को प्रभाकारी अनुगमन भएको छैन यस्ले बेलका नगरपालिकाको भौतिक पक्षलाई असर गरिरहेको छ । योजनाको कामलाइ स्टिमेन्ट अनुसार एक नम्बरको इटालाउनु पर्नेमा तीन नम्बरको लगाउन थालिएको छ बिचमा कमिसनको खेलले गर्दा स्थानीय उपभोक्ता मारमा रहेको छ्न ।
ब्यापारीको आफ्नै मुल्य ,मनखुसिले गर्दा बेलकाका सम्पुर्ण जनता मारमा छ्न , चाडपर्वको बेला मात्र अनुगमन हुने हुदा अन्य बेला ब्यापारीको चलखेल ह्वात्तै बढेको छ ।कृम पाउडर देखि होटेलका खाना ,कपडा पसल, औसधिपसल ,मोटरसाइकल ग्यारेज,चटप्टे पसल,पुस्तक पसल,गरगहना पसल ,मासु पसल, खाजा पसल किराना पसलमा बहुसंख्यक उपभोक्ता ठगिन बाध्य छ्न

उपभोक्ताको स्वास्थ्य माथी गम्भिर रुपमा खेलवाड गर्दै व्यवसायीले यस्तो बदमासी गर्ने गरेको पाइएको हो ।पछिल्लो समय बेलका नगरपालिका आन्तरिक तथा बाह्र पर्यटकको लागि केन्द्र बिन्दु बन्दै गयपनी इटहरी ,बिराटनगर ,काठमाडौं भन्दा महँगो सामानहरु बेच्न थालेपछि यहाको ब्यापार समेत घटन थालेको छ

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *