उदयपुरको त्रियुगा नदि नियन्त्रणको लागि अर्थ मन्त्रालय मार्फत पहिलो चरणमा एक अर्ब ९६ करोड बजेट स्वीकृत भएको छ । उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य, पूर्व शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. नारायण खड्काको प्रयासमा त्रियुगा नदि नियन्त्रण हुने भएको छ ।
डा. खड्का शहरी विकास मन्त्री हुदाँ त्रियुगा नदी नियंत्रणलाई दीर्घकालीन योजनाको रुपमा विकाश विनियोजनमा समावेश गरिएको योजना हो ।
चालु आर्थिक बर्षमा करीब सात अर्बको लागत अनुमान रु ८ अर्ब १५ करोड मा आए संगै सिंचाई मंन्त्रालयवाट डिपिआर स्वीकृत भए संगै अघि बढ्ने भएको हो । उदयपुरको विकासको लागि निरन्तर लागी परेका डा. खडका डिपिआर अनुसार त्रियुगा नदि नियन्त्रणको लागि आवश्यक वजेट स्विकृत गराउन राष्ट्रपति, प्रधानमंत्री र अर्थ मंन्त्रीहरु संग पटक पटक अनुरोध र छलफल पछि योजना कार्यान्वयन हुने भएको हो ।
योजना कार्यान्वयनको लागि हालै मात्र अर्थ मंत्रालयले गुरू योजनाको लागि आवश्यक वजेट स्विकृत गरेको छ । चार चरणमा काम सुरु हुने त्रियुगा नदि व्यवस्थापन आयोजनाका प्रमुख रेवाकान्त यादवले जानकारी दिनु भयो ।
राष्ट्रिय योजना आयोगबाट नदि नियन्त्रणको बहु वर्षीय योजना स्वीकृत भए पछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाटे बहुबर्षीय ठेक्का सहमतीको लागि राष्ट्रिय योजना आयोग संग सहमती पश्चात अर्थ मन्त्रालयले बहुबर्षिय ठेक्का मार्फत काम अघि बढाउनका लागि एक अर्ब ९६ करोडको स्रोत सुनिश्चिताको लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र पठाए पश्चात काम अघि बढ्ने भएको हो ।
त्रियुगा नदि नियन्त्रणको लागि काम अघि बढाउनका लागि बहुबर्षिय ठेक्का मार्फत पहिलो चरणमा अति जोखिमपूर्ण क्षेत्रको पहिचान गरेर प्राथमिक्ताको आधारमा काम अघि बढाउन सुरु गरिने आयोजनका इन्जिनियर रामकुमार साहले जानकारी दिए ।

नदि नियन्त्रणको लागि त्रियुगा शिर देखि दुवै तर्फ ५० किलोमिटर गरी कुल एक सय किलोमिटर बाध तयार हुने छ, पहिलो चरणमा नदिको दुवै तर्फ गरी २४.२२ किलोमिटर बाध तयार गरिने योजना रहेको इन्जिनियर साहले जानकारी दिनु भयो । त्यसका लागि अब केहि समय पश्चातनै टेण्डर मार्फत काम अघि बढाईने छ, त्यसको लागि आयोजना बन्दोबस्तीको लागि आगामी आर्थिक बर्षमा बजेट व्यवस्थापन गरेर काम अघि बढाईने भएको छ । त्रियुगा नदिका कारण बर्षेनी हजारौ हेक्टर खेती योग्य जमिन बगरमा परिणत हुदै जाँदा त्रियुगा नदि आसपासका नागरिकले सास्ती खेप्दै आउनु परेको छ । हाल सम्म लाखौ हेक्टर जमिन बगरमा परिणत हुदाँ स्थानिय नागरिकहरुले ठूलो क्षती बेहोर्दै आउनु परेको आम्बासिका बिकास खत्रीले बताए।
उदयपुरको नागरिकहरुको दुःखको रुपमा लिईने त्रियुगा नदि नियन्त्रणको लागि लामो समयको प्रयास सफल भएको छ, नदि नियन्त्रण भए स्थानियहरुको खेतियोग्य जमिन तथा जोखिममा रहेका बस्तीहरुकोहरुको सुरक्षा हुने भएको छ डा. खड्काले बताय ।
नदी व्यवस्थापनको नाममा जल उत्पन्न कार्यालय लहानबाट पनि यसै चालु आवमा ५ करोडको काम हुन बाँकी रहेको आयोजनासंग जानकार बोधराज दाहालले जानकारी दिए ।
उक्त आयोजना अनुसार त्रियुगा नगरपालिका वडा नं. १६ को मुर्कुची सुकौराबाट सप्तकोशीसम्म ७८ किलो मिटर नदीको दुवैपट्टिको किनारामा बाँध निर्माण गरिने छ ।
आफुले विगत लामो समय देखिको प्रयास सफल भएको छ यो सबै उदयपुरबासी र सवै राजनीतिक दलहरुको सफलता र खुसीको समाचार हो डा. खड्काले बताय ।
खड्काले भने अब निर्माणाधीन सगरमाथा बिमानस्थल, मोतिगडा,हडिया,सुन्दरपुर,आमबासी,पुरन्दह,भागलपुर,रा मपुर सडक र हडिया स्थित त्रियुगा खोलामा पक्की पुलको कामले छिटै सार्थकता पाउने बताय ।
हुन त त्रियुगा नदी नियन्त्रण तथा व्यवस्थापनको लागि गत वर्षको आर्थिक वर्षमा पनि १२ करोडको काम भइसको छ।


