बेलका नगरपालिकाको १ र २ वडा भएर बग्ने त्रियुगा नदिले बर्सेनि हजारौं बिगा उर्वर भुमी बालुवामा परिणत गरेको छ भने धेरै परिवारलाई बिस्थापित समेत गरेको छ। स्थानीयका लागि सास्ती बनेको त्रियुगा नदि अब भने गुणस्तरीय तटबन्ध हुने भएको छ। उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य, पूर्व शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. नारायण खड्काको प्रयासमा त्रियुगा नदि नियन्त्रणको लागि अर्थ मन्त्रालय मार्फत पहिलो चरणमा एक अर्ब ९६ करोड बजेट स्वीकृत भएको छ ।

बजेट स्वीकृत भएसी स्थानीय खुशिले गदगद भएका छन । बुधवार तपेश्वरिमा आयोजित कार्यकर्ता भेटघाटमा डा खड्काले अब त्रियुगाको समस्या सधैका लागि बन्द हुने बताएका छन।. आफू शहरी विकास मन्त्री हुदाँ त्रियुगा नदी नियंत्रणलाई दीर्घकालीन योजनाको रुपमा विकाश विनियोजनमा समावेश गरिएको योजना हो ।
चालु आर्थिक बर्षमा करीब सात अर्बको लागत अनुमान रु ८ अर्ब १५ करोड मा आए संगै सिंचाई मंन्त्रालयवाट डिपिआर स्वीकृत भए संगै काम अघि बढ्ने डा खड्काले बताए ।
उदयपुरको विकासको लागि निरन्तर लागी पर्ने बताउदै डिपिआर अनुसार त्रियुगा नदि नियन्त्रणको लागि आवश्यक वजेट स्विकृत गराउन राष्ट्रपति, प्रधानमंत्री र अर्थ मंन्त्रीहरु संग पटक पटक अनुरोध र छलफल पछि योजना कार्यान्वयन भएको बताएका छन।
त्रियुगा नदि नियन्त्रणको लागि काम अघि बढाउनका लागि बहुबर्षिय ठेक्का मार्फत पहिलो चरणमा अति जोखिमपूर्ण क्षेत्रको पहिचान गरेर प्राथमिक्ताको आधारमा काम अघि बढाउन सुरु गरिने खँडो त्रियुगा नदि नियन्त्रण योजनाका इन्जिनियर विस्वनाथ यादबले जानकारी दिए ।
नदि नियन्त्रणको लागि त्रियुगा शिर देखि दुवै तर्फ ५० किलोमिटर गरी कुल एक सय किलोमिटर बाध तयार हुने छ, पहिलो चरणमा नदिको दुवै तर्फ गरी २४.२२ किलोमिटर बाध तयार गरिने योजना रहेको इन्जिनियर यादबले जानकारी दिनु भयो । त्यसका लागि अब केहि समय पश्चातनै टेण्डर मार्फत काम अघि बढाईने छ, त्यसको लागि आयोजना बन्दोबस्तीको लागि आगामी आर्थिक बर्षमा बजेट व्यवस्थापन गरेर काम अघि बढाईने भएको छ ।
त्रियुगा नदिका कारण बर्षेनी हजारौ हेक्टर खेती योग्य जमिन बगरमा परिणत हुदै जाँदा त्रियुगा नदि आसपासका नागरिकले सास्ती खेप्दै आउनु परेको नेपाली कांग्रेसका नेता असोक कार्किले बताए । हाल सम्म लाखौ हेक्टर जमिन बगरमा परिणत हुदाँ स्थानिय नागरिकहरुले ठूलो क्षती बेहोर्दै आउनु परेको नेता कार्किले बताएका छन
।
उदयपुरको नागरिकहरुको दुःखको रुपमा लिईने त्रियुगा नदि नियन्त्रणको लागि लामो समयको प्रयास सफल भएको छ, नदि नियन्त्रण भए स्थानियहरुको खेतियोग्य जमिन तथा जोखिममा रहेका बस्तीहरुकोहरुको सुरक्षा हुने नेपाली कांग्रेसका नेता डा भोगेन्द्र चौधरीले बताए। कोशी टप्पु बन्यजन्तु आरक्ष बाट हुने जंगली जनावारको क्षेतिको रोकथामका लागि दीर्घकालीन बिकासको योजना आवस्यक रहेको नेता चौधरिले बताए।


