NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

३९ बर्षमा गोली हानी मारिएका गान्धीको अंहिशाको सिद्धान्तबाट प्रभावित मार्टिन लुथर किङ

1 Mins read

३९ बर्षमा गोली हानी मारिएका गान्धीको अंहिशाको सिद्धान्तबाट प्रभावित मार्टिन लुथर किङ

❒  अमेरिकामा रंगभेदबिरुद्धको महान आन्दोलनका नेता प्रेरक व्यक्तित्व मार्टिन लुथर किङले महात्मा गान्धीले जस्तै अहिंशात्मक र अवज्ञा आन्दोलन गरेका थिए ।

❒  उनको जन्म जनवरी १५ मा भएपनि अमेरिकामा जनवरीको तेश्रो सोमबारलाई मार्टिन लुथर किङ डेका रुपमा मनाइन्छ । र उनको विराशतको स्मरण गरिन्छ । उनको साहस, दया र समर्पणबाट प्रेरणा लिइन्छ ।

❒  अहिंशात्मक आन्दोलनका नेता महात्मा गान्धी जसरी गोली हानेर मारिए, मार्टिन लुथर किङलाई पनि गोली हानेर नै मारियो । उनी जम्मा ३९ बर्ष बाँचे, तर अमेरिकाको इतिहासमा सुनौलो अक्षरले नाम लेखाए भने विश्वकै लागि प्रेरणाका श्रोत बने ।

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
। अमेरिकामा आजको दिनलाई मार्टिन लुथर किङ डेका रुपमा मनाइन्छ । उनको जन्म जनवरी १५ मा भएपनि अमेरिकामा जनवरीको तेश्रो सोमबारलाई मार्टिन लुथर किङ डेका रुपमा मनाइन्छ । र उनको विराशतको स्मरण गरिन्छ । उनको साहस, दया र समर्पणबाट प्रेरणा लिइन्छ ।

डा. मार्टिन लुथर किङ जूनियर अमेरिकन आन्दोलनकारी तथा अश्वेत अमेरिकी नागरिक अधिकार संघर्षका प्रमुख नेता थिए । अहिंशात्मक र अवज्ञा आन्दोलनका नेता उनलाई अमेरिकाको गान्धी पनि भनिन्छ । उनको प्रयासमा अमेरिकामा नागरिक अधिकारको क्षेत्रमा प्रगति भएकाले उनलाई आज मानवअधिकारको प्रतीकको रूपमा हेरिन्छ

डा. मार्टिन लुथर किङ जुनियरको जन्म सन् १९२९ मा एटलान्टा, जर्जियामा भएको थियो । उनले अमेरिकामा अश्वेत समुदायविरुद्धको विभेदको विरूद्ध एक सफल अहिंसात्मक आन्दोलन गरे । सन् १९५५ मा उनको जीवनमा निर्णायक मोड थियो । सोही वर्ष उनको विवाह भयो । उनलाई दक्षिण अमेरिकी राज्य अलाबामाको मोन्टगोमेरी शहरको चर्चमा बोल्न बोलाइएको थियो । र त्यही वर्ष मोन्टगोमेरीमा सार्वजनिक बसमा अश्वेतमाथि भेदभावको विरुद्ध आवाज उठाउने रोजा पाक्र्सलाई पक्राउ गरिएको थियो । बसमा अश्वेत र गोराहरुका लागि फरकफरक सिटहरुको व्यवस्था थियो । त्यसपछि मात्र मार्टिन लुथर किङ प्रख्यात बस आन्दोलन शुरू गरे ।

मार्टिन लुथर किङका साथमा रोजा पार्क

३ सय ८१ दिनसम्म चलेको यस सत्याग्रह आन्दोलन पछि अमेरिकी बसहरूमा अश्वेत र गोरा यात्रुहरूका लागि छुट्टै सीटको प्रावधान समाप्त गरियो । पछि, धार्मिक नेताहरूको सहयोगमा उनले समान नागरिक कानून आन्दोलन अमेरिकाको उत्तरी भागमा फैलाए ।

दक्षिणी क्रिश्चियन नेतृत्व सम्मेलन १९५७ मा, मार्टिन लुथर किंग जूनियर दक्षिणी क्रिश्चियन नेतृत्व सम्मेलन (एससीएलसी) का अध्यक्ष चुनिए । यस समूहको उद्देश्य नागरिक अधिकार सुधार आन्दोलनको हितको लागि नैतिक अख्तियार प्रयोग गरेर र कालो जनताको चर्चको शक्ति परिचालन गरेर अहिंसाको प्रदर्शन गर्नु थियो ।

सन् १९६३ मा वासिंटन डिसीमा गरिएको प्रदर्शन

सन् १९५९ मा मार्टिन लुथर किङ अटलान्टा गए । आफ्नो बुबाको चर्चको सहपादरीको रूपमा । त्यसपछिका वर्षहरूमा किंगले १९६३ मा अलाबामामा मतदान अधिकार, विद्रोह, श्रम अधिकार र अन्य आधारभूत नागरिक अधिकारका लागि बर्मिंघम अभियानलगायत धेरै विरोध प्रदर्शन, जुलुस र जुलुसहरू आयोजना गरे । अलाबामाको बर्मिंघम अभियान दुई महिनासम्म चल्यो ।

वाशिंगटन डीसीमा एउटा ठूलो प्रदर्शन पनि उनको नेतृत्वमा भएको थियो । २० अगस्त १९६३ को मार्चमा, सार्वजनिक विद्यालयहरू र रोजगारीमा रंगभेदमाथि प्रतिबन्ध लगायत एउटा सोचविचारात्मक नागरिक अधिकार कानूनले रंग विभेदको कानूनी रुपमा नै अन्त्यको माग गरेको थियो ।
सन् १९६३ मा उनी पक्राउ परेका थिए ।

सन् १९६४ मा उनलाई विश्व शान्तिका लागि नोबेल पुरस्कारबाट सम्मानित गरियो । धेरै अमेरिकी विश्वविद्यालयहरूले उनलाई मानार्थ डिग्री प्रदान गरे । धार्मिक र सामाजिक संस्थाहरूले उनलाई पदक दिए । टाइम पत्रिकाले उनलाई १९६३ को ‘म्यान अफ द ईयर’ नाम दियो ।


उनमा महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको गहिरो प्रभाव परेको बताइन्छ । सन १९५९ मा उनले भारतको भ्रमण पनि गरेका थिए । गान्धीजीको आदर्शलाई अनुशरण गर्दै उनले अमेरिकामा यस्तो सफल आन्दोलन गरे जुन धेरै यूरोपियनहरूले पनि समर्थन गरे ।

सन् १९६८ को अप्रिल ४ मा उनी अमेरिकाको टेनेसीमा एउटा होटलमा बसिरहेका थिए । होटलको कोठाबाहिर निस्केको बेलामा उनलाई गोली हानेर हत्या गरिएको थियो । अहिंशात्मक आन्दोलनका नेता महात्मा गान्धी जसरी गोली हानेर मारिए, मार्टिन लुथर किङलाई पनि गोली हानेर नै मारियो । उनी जम्मा ३९ बर्ष बाँचे, तर अमेरिकाको इतिहासमा सुनौलो अक्षरले नाम लेखाए भने विश्वकै लागि प्रेरणाका श्रोत बने ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *