नेपाली कांग्रेसका केन्द्रिय सदस्य,पुर्व मन्त्री विघटित प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले चौदन्डीगडि नगरपालिका वार्ड न -८ मा भएको नेपाली कांग्रेसको कार्यक्रममा कम्युनिष्ट तथा जसपा र अन्य पार्टीबाट १५० भन्दा धेरै नेता ,कार्यकर्ता कांग्रेसमा भित्राएयका छ्न ।

प्रमुख अतिथि डा. नारायण खड्का ,चौदन्डीका नगरप्रमुख खगेन्द्र राई , युवा नेता पर्वत दाहाल लगायत कांग्रेसका नेता उपस्थित कार्यक्रममा पछिल्लो समय कम्युनिष्ट पार्टीमा देखिएको बिचलनको फाइदा उठाउदै डा. खडकाले अन्य पार्टीका कार्यकर्तालाइ कांग्रेसमा प्रवेश गराएका हुन ।
वार्ड न -८ का सभापति बिरेन्द्र खड्काको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रम मा संचालन नेबि संघ चौद्नडी सभापति बिबस चाम्लिङले गरेका हुन।
कार्यक्रममा डा .खड्काले आफ्नो निर्वाचन क्षेत्रमा धेरै आफुले बिकास गरेको र अझै धेरै गर्ने बताय ,देशको स्थायित्व कांग्रेसले मात्र शान्ती ,र समृद्धि दिने हुदा कांग्रेसमा आउन आग्रह गरे । कम्युनिष्टहरुले झुट्को खेती मात्र गरेर देश बर्बाद पारेको आरोप लगाय । 
डा. खडका विभिन्न कार्यक्रम लिएर जिल्ला दौडमा छ्न । लिम्चुङ्बुङ गाउपालिका बराहमा एक बिध्यालयलाइ केही थान कम्प्युटर हस्तान्तरण गरेको बताय युवा नेता बिकास खत्री ले


