आवर बेलका/असार ८
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।। बैठकमा बेलका नगरपालिकाको अागामी अा.ब. २०८१/८२ को निति तथा कार्यक्रमको बिषयमा पार्टीका नेता तथा कार्यकर्ताले अा अाफ्नो धारणा राखेका थिए।
बैठकमा बेलका नगरको निति तथा कार्यक्रमले बेलकाकाे जनताको जनजिविका , रोजगारी , युवा, अादिवासी जनजाति ,दलित ,महिला ,अपांग , उर्जा, बिद्धुत , खेलकुद,मजदुर, स्वास्थ्य ,शिक्षा ,कृषि ,सिचाइ ,बाटो,पिछडिएको क्षेत्र लगायतका बिषयमा यथोचित ढंगले संबोधन गर्न नसकेकाेले अावश्यक संशोधन सहित मात्रै पारित गर्न संसदीय समितिलाई बैठकले भनेको छ।
त्यसै गरि नगर पार्टी कार्यालय संचालनका लागि जनप्रतिनिधिबाट मासिक २ सय ५० देखि ५सय ५ रुपैयाँसम्म मासिक लेवि संकलन गर्ने र जनयुद्धका क्रममा बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा बेलका नगरमा जनयुद्ध स्मृति संग्रहालय तथा पार्क निर्माणका लागि अावश्यक कार्य गर्ने निर्णय भएको छ।
बैठक संसदीय दलका नेता तथा नेकपा माओवादी केन्द्र बेलका नगरका उपाध्यक्ष जय कुमार राईको अध्यक्ष्ातामा बसेको थियोे ।
बेलकामा २ जना अध्यक्ष सहित ६ कार्यपालिका सदस्य लगायत अन्य वार्ड सदस्य नेकपा माओवादी केन्द्रको बेलका नगरपालिकामा निर्वाचित भएको हुन।