NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read

आवर बेलका/असार ८
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।। बैठकमा बेलका नगरपालिकाको अागामी अा.ब. २०८१/८२ को निति तथा कार्यक्रमको बिषयमा पार्टीका नेता तथा कार्यकर्ताले अा अाफ्नो धारणा राखेका थिए।
बैठकमा बेलका नगरको निति तथा कार्यक्रमले बेलकाकाे जनताको जनजिविका , रोजगारी , युवा, अादिवासी जनजाति ,दलित ,महिला ,अपांग , उर्जा, बिद्धुत , खेलकुद,मजदुर, स्वास्थ्य ,शिक्षा ,कृषि ,सिचाइ ,बाटो,पिछडिएको क्षेत्र लगायतका बिषयमा यथोचित ढंगले संबोधन गर्न नसकेकाेले अावश्यक संशोधन सहित मात्रै पारित गर्न संसदीय समितिलाई बैठकले भनेको छ।
त्यसै गरि नगर पार्टी कार्यालय संचालनका लागि जनप्रतिनिधिबाट मासिक २ सय ५० देखि ५सय ५ रुपैयाँसम्म मासिक लेवि संकलन गर्ने र जनयुद्धका क्रममा बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा बेलका नगरमा जनयुद्ध स्मृति संग्रहालय तथा पार्क निर्माणका लागि अावश्यक कार्य गर्ने निर्णय भएको छ।
बैठक संसदीय दलका नेता तथा नेकपा माओवादी केन्द्र बेलका नगरका उपाध्यक्ष जय कुमार राईको अध्यक्ष्ातामा बसेको थियोे ।
बेलकामा २ जना अध्यक्ष सहित ६ कार्यपालिका सदस्य लगायत अन्य वार्ड सदस्य नेकपा माओवादी केन्द्रको बेलका नगरपालिकामा निर्वाचित भएको हुन।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
राजनीति

नेकपा एमाले उदयपुरको उपसचिबमा हेम खड्काको उम्मेद्बारी

1 Mins read
उदयपुर /युवा नेता हेम खड्काले आगामी अधिवेशनमा आफ्नो उम्मेदवारी उपसचिव पदमा हुने बताएका छन् । खड्काले पार्टी अझै सुदृढ बनाउन आफूले उम्मेदवारी दिने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *