NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा एमाले उदयपुरको उपसचिबमा हेम खड्काको उम्मेद्बारी

1 Mins read

उदयपुर /युवा नेता हेम खड्काले आगामी अधिवेशनमा आफ्नो उम्मेदवारी उपसचिव पदमा हुने बताएका छन् । खड्काले पार्टी अझै सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताएका हुन् । 
आगामी फागुन १३/१४ गते गाइघाटमा हुने ९ औं जिल्ला अधिवेशनमाको लागि आफू उपसचिवको लागि उपयुक्त उम्मेदवार रहेको उनले बताए । ‘एमाले जनतामा सबै भन्दा लोकप्रिय पार्टी हो हामीले मिसन ८४ मा देशमा एकल बहुमतको सरकार बनाउने गरि जानु छ त्यहि मिसन सफल बनाउन मैले उम्मेदवारी दिने योजना बनाएको छु’ उनले भने ।
अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका उदयपुर जिल्ला कमिटी सदस्य समेत हुन। पार्टी राजनीतिमा भने तल्लो कमिटी देखि गाउकमिटि सदस्य, क्षेत्रीय कमिटी हुँदै नेकपा हुँदा उदयपुरको जिल्ला सदस्य समेत भइसकेका खड्का हाल नेकपा एमाले पार्टीका जिल्ला कमिटी सदस्य हुन । अखिलको केन्द्रिय सचिबालय सदस्य समेत भएका खड्का युवामाझमा लोकप्रिय नेताको रुपमा परिचित छन् ।
राजनीतिसँगै व्यवसायमा पनि रहेका खड्का सामाजिक कामहरूमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । 
उनी आफूलाई सबै नेताहरूबाट राम्रो प्रतिक्रिया आएको र सर्वसम्मत रुपमा अगाडी सार्ने विश्वास रहेको बताउँछन् । ‘अहिले पार्टी बनाउने महाअभियानमा हामी लागेका छौँ यस्तो बेला पार्टीलाई अझै गतिशील बनाउने नेतृत्वको खोजि भइरहेको छ ’ उनी भन्छन्, ‘सर्वसम्मत नेतृत्व चयन हुन सक्छ म उपसचिवको लागि उपयुक्त उम्मेदवार हुँ ।’
उनले आम कार्यकर्ता तथा नेताहरूसँगको समन्वयमा उपसचिवमा दाबी गरेको बताए ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *