बेलका/
स्थापना दिवसका अवसरमा महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय रामपुरले वृक्षारोपण गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसर पारेर बुधबार जिल्लाका विभिन्न सामुदायिक विध्यालयमा वृक्षारोपण गरिएको हो । 
महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय रामपुरका शाखा प्रमुख दुर्गा सिग्देलको नेतृत्वमा जिल्लाका विभिन्न विध्यालयमा ठाउँमा धूपी, सिरिस को फूल, स्वमी प्रजाति लगायतका बिरुवा रोपिएको छ । संस्थाले औपचारिक कुनै कार्यक्रम नगरिएको भएता पनि गाउँमा रहेका विभिन्न सामूदायिक विध्यालयहरुमा सयौ बिरुवा रोपिएको सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार बेलका ५ लालबजारमा श्री जनता माध्यमिक बिध्यालय जहडामा स्कुलको ब्यवस्थापन समितिको अध्यक्षय गोबिन्द खडका बिद्यालय प्रअ बालकुमारी अधिकारी , समिति लगायत स्कुलको कर्मचारी लगायत अभिभावक सदस्य र सम्पुर्ण कर्मचारीहरु मिलि बिरुवा बितरण गरिएको हो ।


