NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण

1 Mins read

मदन अधिकारी / सुनसरी
सुनसरी ‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ नाराका साथ देशभरी महुलि लघुवित्तको वार्षिक उत्सवको दिवस– २०८१ उत्साहका साथ मनाएको छ ।सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको चतरा धाम स्थित हनुमान मन्दिरमा भव्य कार्यक्रम गरी यो दिवस मनाएको हो ।
हनुमान मन्दिरका गुरुको अध्यक्षमा, महुलि लघुवित्त वितिय संस्था लि चतरा कलस्टरका कलस्टर प्रमुख तेजनारायण चौधरिको प्रमुख आतिथ्यता तथा यसै संस्थाका बाङ्गे शाखाका प्रवन्धक प्रकाश कुमार लेखी र चतरा शाखाका शाखा प्रमुख बिवेक निरौलाको विशेष आतिथ्यतामा वृक्षारोपण कार्यक्रम संचालन भएको थियो ।उक्त कार्यक्रमको अवसरमा हनुमान मन्दिरका गुरुले यश मन्दिरलाई हरियाली बनाउने, सरसफाई राख्ने कुरालाई विशेष ध्यान दिने तथा प्राकृतिक श्रोत साधनलाई उचित ढङ्गले प्रयोग गर्ने बताए ।
त्यस्तै गरी चतरा अनुगमन कार्यलय प्रमुख चौधरिले आज यश संस्थाको वर्षिक उत्सवका अवसरमा यस स्थाले नेपालका ७ प्रदेशमानै बृहत् वृक्ष रोपण गरि १२ औ वार्षिक उत्सव मनाईएको जानकारी गराउदै संस्थाको उत्पति तथा स्थाको उदेश्यको बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै यश कार्यक्रमलाई सब्य र भव्य रुपमा मनाउन बाङ्गे शाखाका शाखा प्रवन्धक चौधरिले वृक्ष रोपनका बारेमा जानकारि दिदै आगामि दिनमा थप सामाजिक कार्यमा लाग्दै हरिद नगरि बनाउन यश संस्थाले गर्नुपर्ने सम्पुर्ण कार्य गर्ने बताएका छन् भने विभिन्न नर्सरीबाट उत्पादन भएको बिरुवा निःशुल्क वितरण गरिएको जानकारी दिए । हरियाली प्रवद्र्धन र वृक्षरोपण कार्यमा स्थानीय तहहरुबाट समेत सहयोग भइरहेको र भविष्यमा थप साथ सहयोग पाउने आशा राख्दै वृक्षारोपण कार्य पुण्यको काम भएकोले यसमा सबै जना बिरुवा रोपणमा सहभागी हुन स्थानिय सदस्यहरुले आह्वान गरे । त्यस्तै गरी चतरा शाखाका शाखा प्रमुख निरौलाले स्थानिय तहसँगको समन्वय र सहकार्य गरी मठ मन्दिर संरक्षण, वन विकास, उपभोक्ता समूहको सुशासनको कार्यहरु अगाडी बढाउन पाउँदा खुसि लागेको बताए ।
उक्त वृक्षारोपण कार्यक्रममा ५० जना भन्दा बढी गुरुहरुको सहभागिता रहेको थियो । हनुमान मन्धिर क्षेत्रमा १०० भन्दा बढी प्रजातिका फुलका विरुवा रोपण भएको चतरा शाखाका शाखा प्रमुख निरोलाले जानकारी दिए ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *