OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

धर्मको नाममा राजनिति गर्दै एमाले काङ्ग्रेस

आवर बेलका by आवर बेलका
May 1, 2025
in Uncategorized
334
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ।
प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालय मातहत रहेका यी दुई धार्मिकस्थलका विकास समितिमा चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयन गरेको हो।
हलेसीमा एमाले
हलेसी महादेवस्थान विकास समितिको अध्यक्षमा नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष डिल्ली कुमार राई नियुक्त भएका छन्। समितिका सदस्यमा एमालेकै बिन्दा भुजेल, नेपाली कांग्रेसका वडाध्यक्ष कुबेर राई र जसपाका जिल्ला सदस्य राजेश राई समावेश छन्।
हलेसी मन्दिर सामाजिक विकास मन्त्री पाँचकर्ण राईको निर्वाचन क्षेत्रमा पर्छ। मन्त्री राईले आफ्नै क्षेत्रका कार्यकर्तालाई समितिमा स्थान दिएका छन्। स्थानीयहरूले हलेसी धार्मिकस्थल पूर्ण रूपमा राजनीतिकरण भएको गुनासो गरिरहेका छन्।
बराहक्षेत्रमा कांग्रेस
बृहत्तर बराहक्षेत्र विकास समितिको नेतृत्व भने नेपाली कांग्रेसले पाएको छ। समितिको अध्यक्षमा कांग्रेसका प्रकाश बस्नेत नियुक्त भएका छन्। सदस्यहरूमा कांग्रेसका लक्ष्मीराज अधिकारी, टीका कुमारी श्रेष्ठ र एमालेका प्रह्लाद भट्टराई रहेका छन्।
नियुक्तिपछि सदस्य लक्ष्मीराज अधिकारीले सामाजिक सञ्जालमार्फत प्रदेश सरकार तथा कांग्रेस नेताहरूप्रति आभार प्रकट गर्दै जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
राजनीतिक हस्तक्षेपप्रति चिन्ता
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने हलेसी र बराहक्षेत्रजस्ता स्थलहरूमा राजनीतिक भागबन्डाका आधारमा गरिएको नियुक्तिले धार्मिक पर्यटनमा नकारात्मक असर पार्ने विज्ञहरूको धारणा छ। पर्यटन प्रवर्द्धनमा गम्भीर असर पर्ने र सरकारको महत्त्वपूर्ण कार्यक्रमहरूमा समेत प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ।
हलेसी मन्दिर हिन्दू र बौद्ध धर्मको संगमस्थल हो, जहाँ शिव, बसाह र भैरवका तीन पवित्र गुफा छन्। धार्मिक विश्वासअनुसार, यहाँको दर्शनले संकट निवारण, सन्तान प्राप्ति, पदोन्नति र रोगमुक्ति दिलाउँछ। यस मन्दिरलाई भगवान विष्णुले मोहिनी रूप लिएर भस्मासुरबाट महादेवलाई बचाउन आएका स्थलका रूपमा पनि वर्णन गरिन्छ।
बराहक्षेत्रलाई भने ‘धर्तीकै पहिलो तीर्थ’ मानिन्छ। धार्मिक शास्त्र अनुसार, भगवान विष्णुले बराह अवतार लिई धर्तीलाई रसातलबाट उद्धार गरेको पवित्र स्थल यही हो।
दुवै समितिका पदाधिकारीहरूको कार्यकाल चार वर्षको रहने छ। तर, हलेसी विकास समितिको २०८१ को गठन आदेशमा पदाधिकारीका सेवा सुविधाबारे स्पष्ट व्यवस्था छैन। सामाजिक विकास मन्त्रालयका सांस्कृतिक तथा पुरातत्व महाशाखा प्रमुख यादव प्रसाद दुलालका अनुसार, पदाधिकारीहरूले बैठक भत्ताबाहेक अन्य सुविधा पाउने छैनन्।
धार्मिकस्थलमा राजनीतिक नियुक्ति पुरानै परम्परा भए पनि यसले धार्मिक क्षेत्रको मर्यादा र पर्यटन विकासमा असर पार्ने चिन्ता फेरि एकपटक सतहमा आएको छ।

Previous Post

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

Next Post

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

Related Posts

Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

by आवर बेलका
May 29, 2025
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

by आवर बेलका
May 1, 2025
Uncategorized

रामधुनि सामुदायिक वन उपभोक्ता समिति अध्यक्षमा किराति

by आवर बेलका
February 19, 2025
महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण
Uncategorized

महुलि लघुवित्तको वार्षिक उत्सवको अवसरमा सुनसरीको चतरामा वृक्षरोपण

by आवर बेलका
June 12, 2024
सहयोगी साकोसद्वरा कोठुपुल क्षेत्रमा सरसफाइ अभियान सम्पन्न
Uncategorized

सहयोगी साकोसद्वरा कोठुपुल क्षेत्रमा सरसफाइ अभियान सम्पन्न

by आवर बेलका
March 24, 2024
Next Post

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).