NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

महुलि लघुवित्त मानेभञ्ज्याङ शाखाका सदस्य भुजेलकाे परिवारलाई तीन लाख दस हजार प्रदान

1 Mins read

आवर बेलका/ ओखल्ढुङ्गा जिल्लामा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय मानेभञ्ज्याङ शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत तीन लाख दश हजार रकम उपलब्ध गराएको छ ।
फिक्कल गाउपालिका वार्ड न ५ स्थित महुलि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मानेभञ्ज्याङ द्वारा फिक्कल गाउपालिका वार्ड न ५ ज्याङज्याङमा गठित केन्द्र नम्बर १३६ कि सदस्य छलिमाया भुजेलकाे बिमा क्षतिपूर्ति बापत ३ लाख १० हजार रुपियाँको चेक उपलब्ध गराएको शाखा प्रबन्धक होम सिङले जानकारी दिनुभयो ।
सिङ्का अनुसार लघुवित्तको सदस्य रहनुभएकाे तिल बहादुर भुजेलकाेश्रीमती छल्लिमाया भुजेलको केही दिन अगाडि आकस्मिक मृत्यु भएको थियो । संस्थाले कर्जा बिमा सुबिधा अन्तर्गत मृतकका परिवारलाई बिमा बापतको क्षतिपूर्ति रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
बिमा क्षतिपूर्ति बापतको ३ लाख १० हजार रुपियाँ बराबरको चेक शाखा प्रवन्धक सिङको हातबाट मृतकका श्रीमान् तिल बहादुर भुजेललाई हस्तान्तरण गर्नुभएको थियो ।  मृतकका श्रीमान् भुजेलले बिमा बापतको क्षतिपूर्ति रकम पाउँदा आफ्नो परिवारको गुजारा चलाउन राहत मिल्ने भन्दै संस्थालाई धन्यवाद दिनुभयो । त्यस्तै शाखा प्रवन्धक सिङ्ले संस्थाले नाफा मुखि नभई सदस्यको दुखमा साथ दिने उदेश्य रहेको र हाम्रा कुनै सदस्यलाई दुख पर्दा त्यो दुख सदस्यलाई मात्र नभई शाखालाई समेत पर्ने भएकाले हामिले हाम्रो दायित्व सम्झेका हौ र हामिले एक असल सदस्य गुमाउदा सिङ्गो शाखानै दुखमा परेको जानकारी गराउनु भयो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *