NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

माओवादी केन्द्र निकट उदयपुर -काठमाडौं सम्पर्क समितिले गर्यो SEEमा पास भयका विद्यार्थीलाई सम्मान

1 Mins read

कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उदयपुर-काठमाडौ सम्पर्क समन्वय समितीले आयोजना गरेको माध्यमिक शिक्षा परिक्षा एस.ई.ई उत्तीर्ण विद्यार्थी मध्य निजितर्फ इशान खपाङ्गी मगर र सामुदायिक तर्फ अनुष्का खनाललाई विशेष समान सहित २१ जना विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको अध्यक्षता उदयपुर-काठमाडौ सम्पर्क समन्वय समितीका अध्यक्ष क. शिरोमणि खडकाले गर्नुभएको थियो भने ने.क.पा (माओवादी केन्द्र) उप-महासचिव तथा पुर्व मन्त्री मातृका यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथिले माओवादी केन्द्र र शिक्षासंग जोडिने विविध महत्त्वपूर्ण कुरामा बैचारिक धाराणा राख्नु भएको थियो । त्यसै गरि नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव प्राज्ञ डा. धन प्रशाद सुवेदीले विद्यार्थीहरुलाई भोलिको शैक्षिक यात्राको विषय, अब विद्यार्थीले गर्नु पर्ने भुमिका र प्रज्ञाप्रतिष्ठान संग समन्वय गरेर समाज रुपान्तरण कसरी गर्ने भन्ने विषयमा राख्नु भएको थियो । उदयपुर-काठमाडौ सम्पर्क समन्वय समिती इन्चार्ज क.कृष्ण सुनुवारले केही दिन खल्तिमा रहने नगद र भित्तामा झुन्डिने सम्मान भन्दा तपाइँ विद्यार्थी भाइबहिनीहरुलाई जीवन भरी मन र मस्तिष्कमा रहने केही मार्गदर्शन गर्ने र सहि बाटोमा अगाडि बढ्ने उत्प्रेरणा दिनको लागि पनि हामिले यो कार्यक्रम आयोजना गरेका हौं भन्ने धाराणा राख्नु भयो। त्यसैगरि अध्यक्षले उदयपुरबाट काठमाडौ आएर पढन चाहाने विद्यार्थीहरुको लागि बिभिन कलेज संग सहकार्य र सहजीकरण गर्ने प्रतिवधता समेत राख्नु भयो। त्यसैगरी कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सुरेश किराँती (हिमाल) तथा करुणा डुङ्गेल बस्नेत विशिष्ट अतिथि हुनुहुन्थ्यो भने उदयपुर जिल्ला पार्टी संयोजक बिनोद कटुवाल (दिवस), मेगराज राउत , रिता कटुवाल, धर्मराज थापा मगर, नवराज राई (डिल्लिशेर) तथा त्रियुगा नगर पालिकाका जन प्रतिनिधि प्रवेश खडका लगाएतको उपस्तिथि थियो। कार्यक्रमको संचालन उदयपुर-काठमाडौ सम्पर्क समन्वय समिती सचिव क.रन्जना राईले गर्नु भएको थियो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *