बेलका नगरपालिका वार्ड न -९ रामपुरमा बिगत ३ बर्षबाट वर्कसप व्यबसाय गर्दै आएका बेलका -३ का महेस चौधरीले बेलकामै पहिलो पटक लेथ मेसिन संचालन मा लियाएका छ्न।
बेलका नगरपालिकाको ३५०००० सहयोग र वर्कसप संचालक महेस चौधरीको ३५०००० गरेर जम्मा ७००००० अक्षेरी सात लाख रुपैयाको लागतमा लेथ मेसिन संचालन मा आएको हो ।
बेलका नगरपालिकाको नगरप्रमुख दुर्गा कुमार थापाले आज एक कार्यक्रम बाट साइमन इन्जिनियरिङ एन्ड वर्कसप बिधिवत रूपमा उद्घाटन गरेका हुन ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौला ,प्रशासकिय अधिकृत चेतनाथ गौतम ,कृषि इन्जिनियर बुद्धि तिमिल्सिना लगायत विभिन्न ब्यक्तीहरुको उपस्थितमा बेलकामा पहिलो पटक लेथ मेसिनको उद्घाटन भएको हो।
लेथ मेसिन नभई कुनै पनि फलाम सम्बन्धी कार्य गर्न सम्भव हुँदैन । विभिन्न प्रकारका नट बोल्ट, प्लेट आदि काट्नका लागि यसको प्रयोग गरिन्छ । यसैले सवारी साधन सम्बन्धी कार्यका लागि मात्र होइन, लेथ मेसिन विना कुनै पनि उद्योग चल्दैन । यसरी उद्योग संचालनमा साइमन इन्जिनियररिङ वर्कसपले महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ ।

कार्यक्रममा नगरप्रमुख थापाले नगरपालिकाले युवा लगायत काम गर्छु भन्ने हरुलाइ सीप तथा नगरपालिकाको अगुवाईमा बैंकबाट सस्तो ब्याजमा ऋणको पनि प्रबन्ध गरिएको बताय । आफू मेयर भयपछी बेलकामा साना ठुलो गरेर ७ सय भन्दा धेरै उद्योग दर्ता भयर संचालन भएको बताय । वैदेशिक रोजगार बाट फर्किएको युवा हरुको लागि नगरपालिकाले स्वरोजगारको लागि बेग्लै कार्यक्रम लिआएको हुदा नगरपालिकामा समपर्क गर्न अनुरोध गरे। 
बेलका नगरपालिकाको सहयोग अनुदानमा बेलकामा कृषि तथा पर्यटन ,पसुपन्छी ,माछा, उद्यममा धेरै बजेट खर्चिदै आएको छ ।
बेलका नगरपालिका भित्र साना ठुलो गरि मोटरसाइकल बाहेक १ हजार भन्दा धेरै सवारी यातायात भएको हुदा अन्यत्र जिल्ला गयर लेथको काम बनाउनु पर्ने झन्झटिलो काम अब हटेको छ ।


