NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
विचार

पाठ्यक्रम प्रवोधिकरण र शैक्षिक जटिलता ( शिर्षक ) लेखन तथा विश्लेषण : सुनील निरौला

1 Mins read

विद्यालय पाठ्यक्रम , विद्यालय शिक्षालाई कसरी प्रभावकारी बनाउने र सिकाइ उपलब्धि हासिल गर्ने भनी तयार पारिएको सिकाइ दस्तावेज हो। भने उक्त दस्तावेज भित्रको योजना वा ज्ञान बारेमा सरोकारवालालाई परिचय वा परिचित गराउने कार्य पाठ्यक्रम प्रवोधिकरण हो ।
नेपालमा राजनीतिक परिवर्तन, संविधान र कानुन परिवर्तन ,पाठ्यक्रमका चाल्नाहरु,विज्ञान र प्रविधिको प्रभाव तथा सामाजिक परिवर्तन अनुकूलन जस्ता पक्षलाई अात्मसाथ गरेर पाठ्यक्रम परिवर्तन गरिन्छ। कानुनी प्रावधानलाई हेर्ने हो भने प्रत्येक ५ वर्षमा पाठ्यक्रम परिमार्जन र प्रत्येक १० वर्षमा पाठ्यक्रम परिवर्तन गर्नुपर्ने व्यवस्था छ। यधपी नेपालमा यस्तो भएको पाइन्दैन।यसलाई व्यवस्थित गर्न राज्य सरकार र निकायहरु गम्भीरतापूर्वक लाग्नुपर्ने देखिन्छ अन्यथा समयमै मानव संसाधन विकासको क्षेत्रमा समेत बाधा पुग्ने देखिन्छ ।
पछिल्लोपटक नेपालमा २०७६ सालमा पाठ्यक्रम परिवर्तन भएको छ।२०७६ भाद्रमा नेपाल सरकारले स्वीकृत गरेपछि सोही वर्ष नयाँ पाठ्यक्रम परीक्षणको लागि कक्षा १ र ११ मा गरियो र हाल उक्त कक्षामा लागू गरिएको छ।तर विश्ववयापी कोरोना महामारीको कारणले यो पाठ्यक्रम समयमा प्रवोधिकरण हुनसकेन जसले गर्दा लागुभएका कक्षाको शिक्षणमा धेरै अन्योलग्रस्त भएको ऐना झै छर्लंग देखिन्छ।यसबाट उत्पन्न भएका खास जटिलतालाई यसरी हेर्न सकिन्छ ।
– working hours र cradit hours मा शिक्षक नै अन्योलमा हुनु।
– दैनिक कार्यतालिका र समय व्यवस्थापन ।
– कुन थिम कति समय सहजिकरण ?
– पाठ्यक्रममा लगानी – प्रक्रिया – उत्पादनमा सबै सरोकारवाला अन्योल ।
– जिम्मेवारी र बोध।जस्ता पक्षहरू ।
अहिलेको शैक्षिक लगानी २० वर्ष पछिको उत्पादनमा अाधारित हुनुपर्छ ।सो को प्रक्रिया त्रुटि भएमा २० वर्ष पछिको शैक्षिक भविष्य अन्योलमा पर्दछ।यसर्थ शैक्षिक समस्याको समाधान नियन्त्रणमा अाधारित भइ नियोजन गर्नुपर्ने देखिन्छ।
नेपालमा यो पाठ्यक्रम कार्यान्वयन अागामी २०८० साल सम्ममा पुर्णरुपमा लागू गरिनेछ भने अागामी शैक्षिकसत्र २०७८ मा कक्षा २,३,६ र १२ मा लागूहुनेछ। उक्त कक्षाको पाठ्यक्रम यसैवर्ष प्रवोधित गर्न सके समयमै सफलतापुर्वक सिकाई अगाडि बढाउन सकिन्थ्यो कि? अन्यथा हालकै जस्तो जटिलता हुने करिब पक्का छ। नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न धेरै चुनौतीहरु छन जसलाई यसरी हेर्न सकिन्छ।
– शिक्षकमा नविनतम ज्ञानको अभाव ।
– प्रवोधिकरण र तालिम व्यवस्थापन ।
– लगानीको स्वरुप।
– विद्यार्थी सिकाइ र पहुँच।
– थिम शिक्षण र मूल्यांकन प्रविधि।
– कार्यक्रम कार्यान्वयन र अन्योलता।
– परिवर्तन स्वीकार।
– तालिम र व्यवस्थापन।
– holistic process अर्थात पुर्ण प्रक्रिया ।
– ज्ञान अनुकूलतन।
– work book अर्थात कार्यपुस्तको प्राप्ति ।
अत:नयाँ पाठ्यक्रम कार्यान्वयनका समस्या पहिचान गरी समयमै समाधान गर्न सकेमा अागामी सिकाई सहजिकरण प्रभाकारी हुने र सिकाइलाई विद्यार्थी केन्दि्रत बनाई सिकाई उपलब्धि बढाउन सकिने देखिन्छ जसका लागि निरन्तरता मूल्यांकन ,अभ्यास ,अभ्यास र अभ्यास (ppp )re teaching र clinical teaching समेत नितान्त अावस्यक देखिन्छ।
लेखक : बेलका नगरपालिका का शिक्षा अधिकृत हुनुहुन्छ ।

Related posts
विचार

बेलका नगरपालिकामा सामुदायिक बिद्यालयको अवस्था -शेखर निरौला

1 Mins read
राज्यले सामुदायिक बिधालयमा लगानी बढाइ राखेको छ तर आज सामुदायिक बिधालय को गुणस्तर झनझन खस्किन्दो अवस्थामा छ।हामी कहाँ चुकी राखेको छौ?? किन…
विचार

नेपालिको दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था

1 Mins read
नेपालि को दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था बर्ण व्यवस्था ले श्रम लाई चार भाग मा बिभाजन गरेर ,समाज लाई…
विचार

त्यो धान रोपाइँ - एक सम्झना

1 Mins read
हरेक बर्ष बर्खामासले बङ्गालका खाडीबाट मनसुन मात्र लियर आउदैन ,मानो रोपि मुरी उब्जाउने हरिया सपनाहरूलाई पनि साथै लियर आउँछ।असारलागे संगै आकाशमा पुर्ब…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *